सुचना, समाचार र मनोरन्जन

सलोन बस्नेतको फिल्ममा दुर्गेश थापाले भरे संगीत

काठमाडौं :

एक साता अघि घोषणा गरिएको फिल्म रंगी’को धमाधम काम भइरहेको छ। शुक्रबार सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ। अभिनेता सलोन आफै काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड स्टुडियोमा बसेर गीत गीत फाइनल गरेका हुन्। गीतमा आनन्द कार्की र सुजता केसीले स्वर भरेका छन्।

गीतमा दुर्गेश थापाको गीत, संगीत र एरेन्ज छ । गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भइसकेकी छन् । ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन्।

यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ। उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ। पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ। फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.