सम्पादकीय /
दसैँ मैजारो हुनसाथ कात्र्तिक १७ गते शुक्रबार मध्यरातमा भएको भूकम्पले जाजरकोट र रुकुमलाई रुवायो । ५ सय पटकभन्दा बढी प्रकम्पन जाँदा पीडितलाई थप अत्यायो । अहिलेसम्म पीडितहरू त्रासले निदाउन सक्ने अवस्था छैन् । मानवीय र भौतिक क्षति त भयो नै बाँचेकाहरूमा पीडाको घाऊ छ, आँखामा आँसु छ । आहतलाई राहतसँगै सरकार हुनुको अनुभूति गराउनुपर्छ । भूकम्प पीडितहरू स्वास्थ्य प्रकोपको भूमरीमा परेका छन् । जाडोको समय त्रिपालमुनिको बास, पोषणयुक्त गास, स्वच्छ पानी र शौचालयको अभावले बिरामीको चपेटामा परेका छन् । यसघडी पीडितलाई स्वास्थ्य समस्याको चिन्ता थपिएको छ । रुघाखोकी, ज्वरो र झाडापखालाबाट फैलिएको छ । त्यही भूगोलमा १४ वर्ष पहिले पनि झाडापखालाबाट ३ सय जनाले ज्यान गुमाएका थिए । ३५ हजार परिवारले भूकम्पबाट घरबास गुमाएर खुला ठाउँमा पालमुनि रात काट्नु परेको छ।
विपद्को बखत सबै नेपालीको मन एकजुट हुनुपर्छ, देश चोटग्रस्त हुँदा राजनीतिक दल र कार्यकर्ता दलीय स्वार्थभन्दा माथि उठेर सहयोगमा जुट्नुपर्छ ।
वि.सं. १९९० सालपछि ४ वटा शक्तिशाली भूकम्प गइसकेका छन् । नेपाल भूकम्पको उच्च जाखिममा छ भन्ने सत्यलाई मनन गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्नु पर्छ । भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न प्रोत्साहन गर्नुपर्छ । सरकारी सुझबुझ रहेको खण्डमा नै जोखिम न्युनीकरण र पूर्वतयारीका कामहरूले क्षति घटाउने र नागरिकको सुरक्षा हुने गर्छ । मध्यरातको भूकम्पले आफ्ना बन्दोबस्तीका सामग्री निकाल्न नपाएका पीडितहरू खुला ठाउँमा, शीत चुहिने त्रिपालमुनि चिसो रात कटाउँदा बालबालिका, सुत्केरी, दीर्घरोघी र वृद्धवृद्धामा स्वास्थ्य प्रकोप बढ्दै छ । दातृ निकायबाट प्राप्त राहतलाई समयमै सदुपयोग गर्नु आनाकानी र अल्छी गर्नु हुँदैन् । विपद्को बखत सबै नेपालीको मन एकजुट हुनुपर्छ, देश चोटग्रस्त हुँदा राजनीतिक दल र कार्यकर्ता दलीय स्वार्थभन्दा माथि उठेर सहयोगमा जुट्नुपर्छ ।
भूकम्प पीडितलाई राहतसँग ओखतीमुलोको व्यवस्था गर्न सरकारले ढिलाई गर्नु हुँदैन् । स्वास्थ्य सतर्कता काबुभन्दा बाहिर गयो भने प्रकोप फैलने जोखिम छ । फोहोर र दुर्गन्धको रोकथाम गर्दै पानी शुद्धीकरण र अस्थायी शौचालय अविलम्व बनाउन सहयोगी मनले ध्यान दिनुपर्छ । सरकारले समुदायलाई व्यापक जनचेतना दिन आवश्यक छ । घर बन्न जरुर समय लाग्छ यद्यपि अस्थायी संरचना बनाएर जनता जोगाउने काममा सरकारको ध्यान पुग्न आवश्यक छ ।
कसैले पटकपटक राहत पाउनु कसैले एक पटक पनि नपाउँदा अन्याय हुनेछ । न्युनतम एकसरो राहत अविलम्ब पु¥याउन सयन्त्रलाई सवल बनाउनु पर्छ । धेरैभन्दा धेरै स्वयम्सेवक खटाएर छिटोभन्दा छिटो राहत दिनु नै पीडामा मलम लगाउनु हो ।
सरकारले पीडितलाई दिने राहतमा एकद्वार प्रणाली लागु गरेको छ । खाद्य सामग्री, त्रिपाल, कम्बल वितरण गरिरहेको छ तर पीडिले समयमै राहत सामग्री नपाएको गुनासो आएको छ । यस्तो सिकायतलाई समयमै सम्बोधन गर्नुपर्छ । कसैले पटकपटक राहत पाउनु कसैले एक पटक पनि नपाउँदा अन्याय हुनेछ । न्युनतम एकसरो राहत अविलम्ब पु¥याउन सयन्त्रलाई सवल बनाउनु पर्छ । धेरैभन्दा धेरै स्वयम्सेवक खटाएर छिटोभन्दा छिटो राहत दिनु नै पीडामा मलम लगाउनु हो । लगनपछिको पोते औचित्यहीन हुन्छ भन्ने सत्यलाई ख्याल गर्नु नै बुद्धिमता हो ।
जिल्ला र पालिकाले समन्वय गरेर प्रभावित क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्नुपर्छ । नागरिकको जीवन रक्षा पहिलो शर्त मान्नु नै वाञ्छनीय देखिन्छ । २०७२ वैशाखको विनाशकारी भूकम्पबाट पाठ सिकेर विलम्व होइन शीघ्र कार्य सम्पादन गर्नुपर्छ । भूगोगको गहिरो जानकारी लिएर मात्रै घर निर्माण र वस्ती विकासको योजना लागु गर्नुपर्छ । राज्यले बनाएको भवन निर्माण संहिताका मापदण्डको पालनमा सबै स्थानीय सरकार अडिग रहेर पुनर्निर्माण अभियानमा खरो उत्रनु आवश्यक छ । सहयोगका नाममा हुने भ्रष्टाचार र भेदभावबाट माथि उठेर परोपकारी काम गर्नु नै पीडितको आँसु पुछ्नु हो ।