सुचना, समाचार र मनोरन्जन
Sarangi

समिक्षा भन्छिन् : भ्रामक समाचारमा विश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु

काठमाडौं :

दिदीलाई अष्ट्रेलिया पुर्याएर उतै राखेको आरोप लागेपछि गायिका समिक्षा अधिकारीले स्पष्टिकरण दिएकी छन्। उनले गत वर्ष अट्रेलिया लगेर उतै राखेको भन्दै समाचार आएपछि आपत्ती जनाउदै भ्रामक समाचार र सामाजिक सञ्जालमा पोष्ट भएको भन्दै अचम्म लागेको बताईन्। उनले एक विज्ञप्ती जारी गर्दै आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी उल्लेख गरेकी छन्। उनले आफुले यो भन्दा ठुला ठुला हण्डर खाएको भन्दै आफु सामना गर्न तयार रहेको बताएकी छन्।

उनले लेखेकी छन्,‘म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो क्ष् मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो। म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो। यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु ।’

उनले अष्ट्रेलिया जाँदा आफुले परिधि भित्र नै रहेर गएको उल्लेख गरेकी छन्। उनले अगाडी लेखेकी छन्,‘हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपी सकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो । एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो।’

Leave A Reply

Your email address will not be published.