सम्पादकीय /
सरकारले ‘इमर्जिङ नेपाल इनभेस्टमेन्ट समिट–२०२४’ को नारा तय गर्दै वैशाख १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलनको तयारी गदै छ । लगानीका निम्ति आयोजना गरिएको सम्मलेनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलतालाई गतिशील र निराशाको निवारण गर्ने आङ्कलन गरिएको छ । देशको विकास र समृद्धिका लागि स्वदेशी पुँजी, प्रविधि र सिपले मात्रै नथेग्ने भएकाले विदेशी लगानी अपरिहार्य छ। यसले उत्पादन र रोजगारलाई प्रत्यक्ष लाभ दिने छ । विश्व बजारमा लगानी गरेर मुनाफा आर्जन गर्ने परम्परा संसारभर छ । राज्यको कानुन, ऐन, नीति नियमले लगानी गर्ने वातावरणको ढोका खोल्दै मन फुकाएर स्वागत गर्नुपर्छ । जसका लागि एक दर्जन कानुन संशोधन गर्न आवश्यक छ । अध्यादेशमार्फत् यो काम गर्नुपर्ने सरकारको वाध्याता छ ।
यसभन्दा अगाडि दुई वटा लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको नेपालले तेस्रो लगानी सम्मेलनका लागि लगानीमैत्री वातावरण बनाउन बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिइसकेका छन् । लगानीकर्तासमक्ष प्रस्तुतिका लागि ८ वटा समूह बनाइएको छ । जसमा ९ खर्ब बराबरको कूल १ सय ४८ परियोजना तय गरिएको छ । बोर्डले उर्जा, जलस्रोत, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत १२ वटा परियोजनाको लागि आशयपत्र प्रस्तुत गर्ने तयारी गरेको छ । विगतको पहिलो सम्मेलनमा १४ खर्बको परियोजनामा प्रतिवद्धता आए पनि केवल २ खर्बका परियोजनामा सीमित रह्यो । सन् २०१९ मा १५ खर्बको प्रतिवद्धता आएको थियो तर १ खर्बको पनि कार्यान्वयन भएन । गितका गतिविधबाट सरकारले सवक र पाठ दुवै सिक्नुपर्ने देखिन्छ ।
बैंकले व्याजदर घटाउँदा पनि उद्यमी व्यवसायीले कर्जा लिने आँट गरेका छैनन् । बैंकसँग ६ खर्ब बढी लगानी रकम मौज्दात छ । उत्पादन र रोजगारीको बजारमाग घटेको देखिन्छ । आन्तरिक राजस्वले चालु खर्च धान्न पनि हम्मेहम्मे परेको बेला विकासमा गरिने खर्चका लागि लगानीकर्तालाई आकर्षित प्याकेज सेल गर्न सक्नु नै सम्मेलनको उपलब्धी हुनेछ । लगानीकर्तालाई प्रोत्साहन दिन सास्ती र गोता कम गर्न एकद्वार प्रणाली चुस्तदुरुस्त बनाउनु पर्छ । सानासाना आयोजनालाई परिणाममुखी बनाउँदा ठूलो लगानी सम्भावना रहन्छ भन्ने ख्याल गर्नुपर्छ ।
लगानी सम्मेलनमा ५२ देशको प्रतिनिधित्व रहने छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, एसियाली लगानी बैंकबाट समेत उचच तहको प्रतिनिधित्व हुने भएकाले नेपालले आफ्नो खाका स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ । गत कार्तिकमा तय भएको सम्मेलनको गृहकार्य हतारम गरिएको छ । यद्यपि अन्य मुलुकबिच गरिने द्विपक्षीय लगानी संझौताको नमुना खाका स्वीकृत गरको छ । बैंकले व्याजदर घटाउँदा पनि उद्यमी व्यवसायीले कर्जा लिने आँट गरेका छैनन् । बैंकसँग ६ खर्ब बढी लगानी रकम मौज्दात छ । उत्पादन र रोजगारीको बजारमाग घटेको देखिन्छ । आन्तरिक राजस्वले चालु खर्च धान्न पनि हम्मेहम्मे परेको बेला विकासमा गरिने खर्चका लागि लगानीकर्तालाई आकर्षित प्याकेज सेल गर्न सक्नु नै सम्मेलनको उपलब्धी हुनेछ । लगानीकर्तालाई प्रोत्साहन दिन सास्ती र गोता कम गर्न एकद्वार प्रणाली चुस्तदुरुस्त बनाउनु पर्छ । सानासाना आयोजनालाई परिणाममुखी बनाउँदा ठूलो लगानी सम्भावना रहन्छ भन्ने ख्याल गर्नुपर्छ ।
नेपालले लगानीकर्तामाझ लगानी सुरक्षा र प्रतिफल ग्यारेन्टी गर्ने विश्वासिलो वातावरण र आधार प्रस्तुत गर्नुपर्छ । लगानी गर्न सम्भव र नतिजामुलक योजनामा ठास गृहकार्य गर्नुपर्छ । केवल प्रतिवद्धता गर्ने तर कार्यान्वयन नगर्ने विगतको सनातन मानसिकताबाट मुक्त हुनुपर्छ । यसका लागि सरकारले विशेष सोचका साथै काम गर्न अपरीहार्य छ । सम्मेलनलाई सफल बनाउने चुनौती भए पनि महान सम्भावना छन् भन्ने सकारात्मक सोच आवश्यक छ । सम्मेलन सकिएपछि सुस्ताउनु र पछुताउनु नपरोस् । प्रतिवद्धता आउने तर लगानी नआउने हुँदा हात्ती आएर फुस्सा हनुे उखान जस्तो नहोस् ।
विदेशी लगानीकर्तालाई तर्साएर होइन फकाएर लगानीमैत्री वातावरण बनाउन अत्यन्त आवश्यक छ । झमेला खडा गरेर होइन गाँठो फुकाएर सहजीकरण गर्नुपर्छ । अन्तर्राष्ट्रिय लगानी कर्तालाई नेपालमा लगानी गर्न गज्जवको वातावरण छ भन्ने सकारात्मक सन्देश मात्रै दिन सकियो भने भोलिका दिनमा लगानी गर्नेहरूको लर्को लाग्ने छ।
विदेशी लगानीकर्तालाई तर्साएर होइन फकाएर लगानीमैत्री वातावरण बनाउन अत्यन्त आवश्यक छ । झमेला खडा गरेर होइन गाँठो फुकाएर सहजीकरण गर्नुपर्छ । अन्तर्राष्ट्रिय लगानी कर्तालाई नेपालमा लगानी गर्न गज्जवको वातावरण छ भन्ने सकारात्मक सन्देश मात्रै दिन सकियो भने भोलिका दिनमा लगानी गर्नेहरूको लर्को लाग्ने छ । हरियो वन नेपालको धन भन्ने भनाइलाई केन्द्रमा राखेर वनसम्बन्धी निषेधात्मक कानुनलाई संशोधन गर्नुपर्छ । परियोजना बन्ने ठाउँमा कुनै पनि प्रकारको वाधा अवरोध, विरोध र व्यवधान हुनु हुँदैन् । यसो गर्नेहरूलाई कानुनी सजाय दिएर लगानीकर्ताको अधिकार सुरक्षित गर्नुपर्छ । लगानी सम्मलेलनले नेपाल र नेपाली जनताको विकास एवम् समृद्धिमा टेवा पुगोस् शुभकामना ।