सम्पादकीय /
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता खड्कप्रसाद ओलीले सोमबार राष्ट्रपतिसमक्ष मुलुकको प्रधानमन्त्रीका रूपमा शपथ लिएर चौथौँ पटक प्रधानमन्त्री बनेका छन् । वि.सं.२०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमाफत दोस्रो ठूलो दलको हैसियतमा रहेको एमालेलाई संसद्को ठूलो दल नेपाली काँग्रेसको साथ मिलेको हो । संसद्मा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले पटकपटक गठबन्धमा सरकार फेरबदल भइरह्यो । देशको विकास र जनताको समृद्धिका साथै सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय एकता कायम गर्न संसद्को सबभन्दा ठूलो दल र दोस्रो ठूलो दल नेपाली काँग्रेस र एमालेबिचको समीकरणमा संविधान संशोधनको मूल मुद्धासहित नयाँ सरकार गठन भएको हो ।
मन्त्रीपरिषद्ले एकै पटकमा पूर्णता पाएको छ । जसमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत साथ र समर्थन रहेको छ । प्रधानमन्त्री ओलीले कार्यभार ग्रहण गर्नसाथ भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनसम्बन्धी दोस्रो रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुले सकारात्मक सन्देश दिएको छ । सुशासन कायम गर्न भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशीलताको नीति अवलम्वन गर्नु प्रधानमन्त्री ओलीको पहिलो निर्णय हो । ‘म भ्रष्टार गर्दिन र गर्न दिन्न’ भन्ने उनको पूर्ववत् उद्घोषको यसघडी अग्निपरीक्षा हुनेछ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ ओलीको अघिल्लो कार्यकालकै नारा हो । यो नारा व्यवहारिकतामा रूपान्तरण हुनु आवश्यक छ । यसका अतिक्ति ओलीका अगाडि समस्याका चाङ छन् । त्यसका लागि दृढ सङ्कल्पसहित समाधानको कार्यविधि आवश्यक छ । गम्भीर चुनीतीसँगै ओलीका लागि महान् सम्भावना र अवसरहरू पनि छन् यस पटक ओलीका लागि विगतमा गरेका भूल दोहो¥याउने छुट भने छैन् । दुईतिहाइभन्दा बढी सांसदको समर्थनमा उनले आइतबार संसद्मा विश्वासको मत लिदै छन् । प्रतिनिधिसभामा रहेको २ सय ७५ मध्ये ओलीले दुई तिहाइ मत प्राप्त गर्ने निश्चित छ । यसका लागि उनलाई १ सय ८४ मत आवश्यक छ त्यो पूरा हुने देखिएको छ । विश्वासको मत पाएपछि राजनीतिक जीवनमा मात्रै नभएर देश र जनताका लागि सफल र सुन्दर काम गर्ने ऐतिहासिक अवसरका ढोका भने खुल्लै छन् ।
मुलुकलाई आत्मविश्वास भएको, नेपाली नागरिकको भावना बुझेको नेतृत्व आवश्यक छ । जाँगरिला जनता, जल जङ्गल, जमिन र प्राकृतिक साधनस्रोत भएको देश, उदार लोकतान्त्रिक शासकीय प्रणाली भएको मुलुकलाई समृद्ध बनाउन केही चिजको अभाव छैन् । केबल नेतृत्वको दृढ सङ्कल्पको खाचो छ । मुलुकको कार्यकारी सर्वोच्च पद प्रधानमन्त्री हुने अवसर जोकोहीलाई राजनीतिक जीवनमा प्राप्त हुँदैन । विगतमा तीनपटक प्रधानमन्त्री भएका ओलीलाई यो अवसर आएको छ । त्यसलाई सदुपयोग गरी देश र जनताका नाममा उनले सुन्दर गोल गरेर तारिफ बटुल्नुपर्छ ।
मुलुकलाई आत्मविश्वास भएको, नेपाली नागरिकको भावना बुझेको नेतृत्व आवश्यक छ । जाँगरिला जनता, जल जङ्गल, जमिन र प्राकृतिक साधनस्रोत भएको देश, उदार लोकतान्त्रिक शासकीय प्रणाली भएको मुलुकलाई समृद्ध बनाउन केही चिजको अभाव छैन् । केबल नेतृत्वको दृढ सङ्कल्पको खाचो छ । मुलुकको कार्यकारी सर्वोच्च पद प्रधानमन्त्री हुने अवसर जोकोहीलाई राजनीतिक जीवनमा प्राप्त हुँदैन । विगतमा तीनपटक प्रधानमन्त्री भएका ओलीलाई यो अवसर आएको छ । त्यसलाई सदुपयोग गरी देश र जनताका नाममा उनले सुन्दर गोल गरेर तारिफ बटुल्नुपर्छ । यसघडी नागरिकका निराशा सम्बोधन र जर्जर अर्थतन्त्रको सुधारका लागि उनलाई अवसर प्राप्त भएको छ । नागरिकले अनुभूति गर्न लायक काम गरेमा ओली सफल प्रधानमन्त्रीका रूपमा इतिहासमा गनिने छन् ।
प्रधानमन्त्री ओलीले आफ्नै नारालाई संस्थागत गर्न केही महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्नेछ । जनजीविकाका मुद्धालाई यथोचित सम्बोधन गरेर महङ्गी नियन्त्रण गर्नुपर्छ । सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउनुपर्छ । आर्थिक विकास र रोजगारीको सिर्जनामा ध्यान केन्द्रित गरेर पलायन हुने युवाशक्तिलाई स्वदेशमै टिकाउनुपर्छ । उद्योग व्यवसायलाई प्रवद्र्धन गरी स्वरोजगार र उद्यमशीलतालाई मलजल गुर्नपर्छ। ठूला पूर्वाधार परियोजनाहरूको कार्यान्यन गरी सडक, उर्जा, जलस्रोत क्षेत्रका परियोजनालाई गतिशील बनाउनुपर्छ । सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएर सुशासन, पारदर्शिता र जवाफदेहितामा अब्बल सावित हुुनुपर्छ ।
विश्वमा भ्रष्ट देशका रूपमा चिनिएको नेपालको छवि सुधार्न भ्रष्टाचार नियन्त्रण र शून्यसहनशीलताको नीति अवलम्बवन गर्नुपर्छ । जनता र प्रशासनबिचको दूरी घटाएर अपनत्वको भावना सिर्जना गर्नुपर्छ । सार्वजनकि सेवाप्रवाहको ढिलासुस्ती, यातना र कर्मचारी संयन्त्रको घुसखोरी मानसिकतालाई दण्डित गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, परराष्ट्रनीति, कूटनीति, वातावरण संरक्षण, दीगो विकासको लक्ष्य, सामाजिक न्याय र समानताको पक्षमा गहकिलो कदम चाल्नुपर्छ । नागरिकका अपेक्षा पूरा गर्दै राष्ट्रलाई समृद्ध बनाउनका लागि दृढ इच्छाशक्ति, समर्पण र सशक्त कार्यान्वयनको आवश्यकतालाई ओलीले आत्मसाथ गर्नैपर्छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने सनातन मनोविज्ञानबाट नागरिकलाई जोगाउन आवश्यक छ । मिलिभगतमा मोलाहिज्जा गर्ने इजाजत र छुट ओलीलाई कदापि छैन् ।
नेपाली काँग्रेका सभापति शेरबहादुर देउवाले दिएको साथ र अवसरलाई ओलीले एककदम अगाडि बढेर मुलुकको अग्रगमन, विकास र समृद्धिका लागि काम गरेर देखाउनुपर्छ । ओलीले नागरिकको निराशालाई आशामा रूपान्तरण गर्न आवश्यक छ । पहिलो कार्यकालमा ओलीले भारतीय नाकाबन्दीका विरुद्ध खरो अडान देखाए । नक्सा परिवर्तनको साहस देखाए । तर संसद् विघटन गर्नु उनको महाभूल थियो केवल विगतका गल्ती यसपटक दोहो¥याएन भने उनी वेदाग सफल प्रधानमन्त्रीका रूपमा दर्ज हुने छन् । शासन चलाउन संयमितता र परिपक्वताको खाचो छ त्यो उनले पूरा गर्नुपर्छ । अग्निपरीक्षामा उनी चर्को र खरो उत्रन आवश्यक छ । निर्मम निर्णय गर्न उनी चुक्नु हुँदैन् । सफल र सार्थक कार्यकालका लागि शुभकामना ।