सम्पादकीय /
वर्षेनी शैक्षिक क्यालेन्डरभित्र विभिन्न शैक्षिक तहका विद्यार्थीहरूको परीक्षा लिइन्छ । उत्तरपुस्तिकाको चेकजाँच गरिन्छ । पास–फेल, ग्रेडेड–ननग्रेडेड छुट्टयाइन्छ र परिणाम बताइन्छ । तर फेल÷ननग्रेडेडहरूका समस्या कहिल्यै पहिल्याइदैन, तिनका लागि समाधान कहिल्यै बताइदैन । अन्य तहका परीक्षा र नतिजाको खासै चर्चा हुँदैन जति कक्षा १० र १२ का परीक्षा र नतिजाको चर्चा परिचर्चा हुन्छ । मानौं कि शैक्षिक प्रणालीको समीक्षा गर्ने आधार नै यी दुई तहको नतिजा हो, जसपश्चात् संसद्, मिडिया, समाज जताजतै शैक्षिक प्रणालीमाथि समीक्षा र बहसको शृङ्खला चल्न थाल्छ । तर त्यो बहस असोज लाग्दा नलाग्दै, कतिपय विद्यार्थीले पुनः परीक्षा दिँदा नदिँदै सेलाइसक्छ । राज्य, मिडिया, विज्ञ, समाज सबै मौसमी छन् । मौसमी बहसमा निर्मित शैक्षिक नीति तथा प्रणालीको उपज हो हालसालैको कक्षा १० मा २ लाख ४२ हजार प्लस र कक्षा १२ मा १ लाख ८७ हजार प्लस विद्यार्थी ननग्रेडेड हुनु ।
शैक्षिक गुणस्तर सुधारतर्फ उन्मुख छ भन्दै राज्यले आफ्नो उदासिनता प्रकट गर्छ । अभिभावक समाज शिक्षकको कमजोरी मान्दै उदासिन रहन्छ । शिक्षक समाज विद्यार्थीको सिकाइको जगलाई दोष लगाउँदै उदास हुन्छ । विज्ञहरू सम्पूर्ण शैक्षिक प्रणालीकै समीक्षा गर्नुपर्छ भन्दै उदासिन्छन् । जबसम्म समग्र शिक्षा पद्धतिमा क्रान्तिकारी परिवर्तन हुँदैन तबसम्म नेपाली शिक्षाको गुणस्तर यस्तै हो भन्दै विज्ञहरू विरह पोख्छन् । र सबै मिलेर विद्यार्थीजनको आशाको आमहत्या गर्छन् । राज्य, विज्ञ र समाजको मानसिकतामा खासै अन्तर छैन । र यिनले ननग्रेडेड अर्थात फेल भएका विद्यार्थीहरूको मनोदशामा डरलाग्दो हिनताबोध फैलाउँछन् । विद्यार्थीहरू फेल÷ननग्रेडेड हुनुको असली कारणमा समग्र समाज नै चिन्तन गर्दैन । शिक्षा पद्धतिले फेल घोषणा गरेका विद्यार्थीहरूको समस्यामा कुनै ध्यान दिँदैन । उनीहरूको जीवन र भविष्यको पक्षमा अलिकति पनि ख्याल राख्दैन । पास नभएका विद्यार्थी अभागी हुन्, निकम्मा हुन् भनेर विद्यार्थीहरुको मानसिकतामा पारिएको दुष्प्रभावप्रति थोरैपनि दया देखाउँदैन । यसर्थ ननग्रेडेड भएको विद्यार्थी होइन हाम्रो शिक्षापद्धति, राज्य र समाज हो ।
शैक्षिक गुणस्तर सुधारतर्फ उन्मुख छ भन्दै राज्यले आफ्नो उदासिनता प्रकट गर्छ । अभिभावक समाज शिक्षकको कमजोरी मान्दै उदासिन रहन्छ । शिक्षक समाज विद्यार्थीको सिकाइको जगलाई दोष लगाउँदै उदास हुन्छ । विज्ञहरू सम्पूर्ण शैक्षिक प्रणालीकै समीक्षा गर्नुपर्छ भन्दै उदासिन्छन् । जबसम्म समग्र शिक्षा पद्धतिमा क्रान्तिकारी परिवर्तन हुँदैन तबसम्म नेपाली शिक्षाको गुणस्तर यस्तै हो भन्दै विज्ञहरू विरह पोख्छन् । र सबै मिलेर विद्यार्थीजनको आशाको आमहत्या गर्छन् ।
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित ग¥यो । फेरि १ लाख ८७ हजार विद्यार्थीहरूको आशाको आमहत्या भयो, नतिजाबाट होइन हाम्रो सामाजिक सोंचबाट । विद्यार्थीलाई नतिजाको व्यक्तिगत विश्लेषण गर्न सिकाउन छोडेर भविष्यको बारेमा प्रवचन दिने रोगी मानसिकताले विद्यार्थीको मात्रै होइन यो देशको भविष्य समेत सङ्कटमा पारिएको छ । विद्यार्थीले बुझ्नेगरी नतिजाको विश्लेषण गरिदिने शिक्षक वा विद्यालय छैनन् । कतिपय विद्यालय त यस्ता छन्, फेल भएका विद्यार्थीप्रति निरपेक्ष बेमतलब बसेर उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूको नतिजा बेचेर आफ्नो प्रवद्र्धन गर्ने गर्छन् । हरेक विषयमा फेल भएका विद्यार्थीहरूको सन्दर्भ अलिक फरक हुन सक्छ तर हरेक विषयमा फेल हुने विद्यार्थी सायदै होलान् । फेल भएका विषयका कारण विद्यार्थीले पास गरेका विषयहरूमा उत्कृष्टता हासिल गर्ने सम्भावना मारिन्छ । उपल्लो तहमा अध्ययन गर्ने योग्यता खारेज गरिएका विद्यार्थीहरूको भविष्य छैन भन्ने गलत भाष्य निर्माण गरिन्छ । कति डरलाग्दो र टिठलाग्दो छ हाम्रो सामाजिक मानसिकता ।
एकपटक विद्यार्थी र अभिभावक दुवैले आफैसँग होसपूर्वक दोहो¥याएर प्रश्न सोध्नुपर्छ । के स्नातक अध्ययन गर्ने योग्यता खारेज हुँदैमा भविष्य नै खारेज हुन्छ ? कक्षा १० वा कक्षा १२ फेल हुनु नै अन्तिम अन्त्य हो ? जीवनमा के के कति पास गर्नु छ, के के कतिमा फेल हुनु छ । कसरी यो नै अन्त्य हुन सक्छ ? कुनै परीक्षामा फेल हुनु जीवनका अनगिन्ती घटनाहरूमध्ये एउटा घटना मात्रै हो, व्यक्ति नै फेल कहिल्यै हुँदैन । हामी, हाम्रो राज्य, समाज, शैक्षिक प्रणाली व्यक्तिलाई नै फेल सिद्ध गर्न उद्दत छौं । हामीले नाम सुनेका, काम देखेका अनेकन स्थापित चिरपरिचित व्यक्तिहरू छन् जसमध्ये कोही जीवनमै स्कुल गएनन्, कोही स्कुल गए र छोडे, कोहीले मुस्किलले कक्षा १० पास गरे । यदि उनिहरूले पनि यसैगरी शैक्षिक परीक्षाहरूको नतिजालाई बुझेका भए के हुन्थ्यो ?
फेल वा ननग्रेडेड विद्यार्थीहरूको आशाको आमहत्या रोकौं । संसद्ले कानुन बनाओस्, सम्बन्धित निकायहरूले नीतिनिर्माण गरुन् र ननग्रेडेडहरूका लागि मात्रै एउटा विश्वविद्यालय, युनिभर्सिटी फर ननग्रेडेड स्थापना गरौं । नाम दिउँ, समृद्ध विश्वविद्यालय । र हरेक प्रदेशमा यसका क्याम्पसहरूको सञ्चालन गरौं । जहाँ ननग्रेडेडहरूले आफुले चाहेको विषय÷विधामा मात्रै केन्द्रित अध्ययन गर्न सकुन् र उक्त विषय वा विधामा विशिष्ट दक्षता हासिल गर्न सकुन् । यहि विश्वविद्यालयले सिर्जना गर्नेछ नेपाललाई चाहिने दक्ष जनशक्ति, नेपाललाई चाहिएको विशिष्ट विज्ञता । यसैले गर्नेछ, नवीन आविष्कार । र यसैले ल्याउनेछ त्यो समृद्धि जहाँ हरेक नेपाली खुशी र समृद्ध रहनेछ । यहि विश्वविद्यालयबाट निस्केका विज्ञहरूको सफलताको कहानी पढेर यो राज्य, समाज मुच्र्छा पर्नेछ र बल्ल समाजले रोगी मानसिकताबाट मुक्ति पाउनेछ ।