सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

आँट्यो भने सम्भव छ, पेट पाल्नकै लागि विदेश जानुपर्दैन

सन्तोष बस्याल
पोखरा ।

अहिले दैनिक २५ सय देखि ३ हजार नेपाली विदेश पलायन भइरहेका छन् । कोहि कमाउनकै लागि खाडि भासिएका छन् त कोहि पढाई भन्दै युरोप कन्ट्री प्रवेश गरेका छन् । देशमा लगानी गर्नेहरुको जमात घट्दो छ । राम्रै जागिर गर्नेहरुको लर्को पनि विदेश तिर नै छ । महिनाको ८० हजार कमाउनेहरु ८० लाख खर्च गरेर विदेश पलायन भइरहेका छन् । गाउँ रित्तिदै छ । शहरका सटर बन्द हुँदैछन् । कोराना महामारी पछि आर्थिक संकट लाग्यो भन्दै वर्षौ देखि गर्दै आइरहेको व्यवसाय चटक्क छाडेर परदेशिनेहरुको लक्सर लामै छ ।

यद्धपी यहि आर्थिक संकटका बेला लगानी गर्नेहरुले आँट पनि नगरेका होइनन् । कोरोना कालिन र आर्थिक मन्दीका समय नै नयाँ व्यवसाय शुरु गर्नेहरु समेत भेटिन्छन् । यस्ता नागरिक विदेश नजानेमा पर्छन् । उनीहरुमा आँट भरिएको छ । भन्छन्,“आँट्यो भने सम्भव छ, पेट पाल्नकै लागि विदेश जान चाहिँ पर्दैन ।”

IVF Big

यसो भनिरहँदा कहिलेकाहिँ लाग्छ साच्चै हामीमा आँट हराएको हो कि भन्ने । विदेशमा खटिने श्रम नेपालकै लागि खटिए के पो हुदैन होला र ? सधै सरकारले गर्ला र गरौला भनेर कति बस्ने ? आफै चाहिँ कहिले गर्ने ? यस्ता विविध प्रश्नले आजकाल झक्झकाउन थालेको छ । हामी नेपालीमा जाँगर हराएको हो कि भन्ने अनुभुति हुन्छ । अर्काको माटोमा गएर पाखुरा बजार्नेहरु आफ्नो माटोलाई बाँझै छाडेको दृश्य गाउँतिर गैयो भने अझै देख्न सकिन्छ ।

यति भनिरहँदा सरकारलाई दोष नदिइराख्न मिल्दैन । सरकारको सही नीतिले विदेशिने नेपालीलाई रोक्न सक्छ । सरकारको घैटोमा घाम लागे परदेशिएकाहरु परिवारसँग रम्न घरदेश फिर्नसक्छन् । आखिर विदेशमा पनि सुख कहाँ छ र ? चैनको सास लिन स्वदेश आउनैपर्छ । आवश्यकता छ त आत्मविश्वासको । विश्वास बलियो भयो र सरकारको नीति व्यवसायिक मुखी भयो भने नागरिकलाई चल्न सहज हुन्छ ।

हेर्नुस्, अब अरुले गर्ला र गरौला भनेर पर्खेर बस्ने दिन छैन । आँट्ने आफैले हो । आँटले नै अन्तत्वगत्व सफलता दिलाउँछ । आवश्यकता छ केवल निरन्तरता र लगावको । घरमा नै सुतेर केही हुदैन । सोच र समझ नयाँ हुनुपर्यो । रुपान्तरण अरुको खोज्ने होइन । रुपान्तरण आफैबाट सुरुवात गर्ने हो । सधै यस्तै अवस्था भइराख्छ भन्ने छैन । सकरात्मक सोचौ अवश्य समय परिवर्तन हुन्छ र हामी बद्ल्निेछौं ।

Leave A Reply

Your email address will not be published.