सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सराङकोट सहकारी बाट विधार्थीलाई शैक्षिक सामाग्री सहयोग

पोखरा/

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ज्ञानभुमी माध्यमीक विधालयका विधार्थीहरुलाई सहयोग वितरण गरेको छ ।

स्थापनादेखि सहकारी सिद्दान्त अनुसारका कार्यहरुसहित संस्थाको १८ औ वार्षिक उत्सव सगै संस्थापक अध्यक्ष स्वार्गिय लोक बहादु्र थापाको स्मृतिमा सहयोग गरीएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

IVF Big

बिधालयमा कक्षा १ मा अध्यनरत १८ जना विधार्थीहरुलाई पोसाक स्टेशनरी समान र संस्थापक अध्यक्षका छोरा श्यामकृष्ण थापा बाट कार्पेटिङ सहयोग गरीएको थियो ।

साथै सोही कोष मार्फत संस्थाका सदस्य ब्लडक्यान्सर उपचारमा रहेका राम चन्द्र अधिकारी लाई रु २५००० र सदस्यहरुबाट संङकलीत रकम समेत हस्तानतरण गरीएको थियो । संस्थाले उपचारमा सहयोग गर्न सम्पुर्णमा अनुरोध समेत गरेको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा , विधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम शेरचन ,संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी, सचिव कुल प्रसाद सुवेदी , सह सचिव माया कुमारी शर्मा ,शिक्षा समिति संयोजक जयराम पौडेल , रेडियो सराङकोटका निर्देशक चिन्तामणि वास्तोला , प्रधानध्यपक विनोद राज सुवेदी , ब्यवस्थापक सुरेन्द्र थापा , लगायतले संस्थागत भनाई राखेका थिए ।

सहकारी मार्फत कुल ५३ करोडको कारोबार संगै रेडियो सराङकोट संचालन ,विविध समाजिक कार्यहरु गदै आएको छ ।

Leave A Reply

Your email address will not be published.