काठमाडौँ :
सिसार साहित्य परिवार काठमाडौँको आयोजनामा गजलकार सरु ज्ञवालीको ‘कादम्बरी’ गजलसङ्ग्रहको अन्तरक्रिया गरिएको छ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सिसार पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. सनतकुमार वस्तीले सरुका गजल रसात्मक भएको बताए।
कार्यक्रममा प्रेमनाथ घिमिरे, सिर्जना ज्ञवाली, डाक्टर गोविन्दमान सिंह कार्की, डाक्टर मेघनाथ ढकाल, मनोज ज्ञवाली,राजन न्यौपाने लगायतले गजल संग्रह निकै राम्रो रहेको बताए। उनीहरुले सुन्दर लेख रहेको भन्दै लेखकलाई शुभकामना समेत दिए।
कार्यक्रका अर्का वक्ता वीरेन्द्र मालाकार,सुशीला शर्मा,लक्ष्मी ढकाल,सूर्य न्यौपानेलगायतले सरुका गजल वाचन गरेर समेत सुनाए। कार्यक्रममा लेखककी आमा लक्ष्मी ज्ञवाली र बुबा मेघराज ज्ञवालीको समेत उपस्थिति रहेको थियो। उनीहरुले छोरीलाई आशीर्वाद दिदै उत्तर उत्तर प्रगतिको कामना गरे।
कार्यक्रमका सभापति ज्ञाननिष्ठ ज्ञवालीले २०३५ सालदेखि चार अङ्क निस्केर बन्द भएको सिसार पत्रिकालाई २०६४ सालदेखि पुनः प्रकाशित गरी २० अङ्कसम्म पुगेको सिसारको इतिहास सुनाए। उनले सिसारले विविध साहित्यिक गतिविधि र स्रष्टा सम्मान गर्दै आएको र अझैँ गर्दै लैजाने बताए। कार्यक्रमको सञ्चालन साहित्यकार सुशीला ढकाल अधिकारीले गरेकी थिइन्।