सुचना, समाचार र मनोरन्जन
Sarangi

द इनफेलम ब्याण्डको “साथी” सार्वजनिक (भिडियो सहित)

पोखरा ।

पोखरेली ब्याण्ड द इनफेलम ब्याण्डको नयाँ गीत “साथी” सार्वजनिक गरिएको छ । विहिबार पोखरामा एक कार्यक्रमका बीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रवेश गायकको स्वर छ । गीतलाई अनिस नेपालीले लेखेका हुन् ।

अनुप गुरुङको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा स्वेता मिश्रा, रोहन नेपाली, बिपिन श्रेष्ठको अभिनय छ । म्युजिक भिडियोमा एसोसियट डाइरेक्टरका रुपमा सुदिप पौडल छन् । सुदिप र अनुपको कथामा गीतको म्युजिक भिडियो तयार भएको हो । सन्दिप तिवारीको छायाँकन रहेको गीतमा बालकलाकारका रुपमा अनमोल राना र अरिसा श्रेष्ठ देखिएका छन् ।

“साथी” द इनफेलम ब्याण्डको पहिलो गीत हो । पोखराका रेष्टुरेन्टहरुमा सांगीतिक प्रस्तुति राख्दै आएको ब्याण्डले आफुलाई अब व्यवसायिक बनाउँदे लैजाने तयारीमा छ । पोखराबाट पनि राम्रो म्युजिक भिडियो बन्न सक्छ भन्ने सन्देश प्रवाह निर्माण युनिट गर्न चाहन्छ ।

Leave A Reply

Your email address will not be published.