काठमाडौं :
यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको अवसर पारेर फिल्म ‘सत्यबिर’ निर्माण घोषणा गरिएको छ। बिहिबार गडरेज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने निर्माण पक्षले जानकारी दिएका हो। यो फिल्म सामाजिक कथामा एक्सन थ्रीलर जनरामा निर्माण हुनेछ ।
बिहिबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनिले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ । उनलाई रगतले पोतिएको बञ्चरोसहित आक्रामक लूक्समा प्रस्तुत गरिएको छ भने पृष्ठभुमीमा धरहरासहितको काठमाडौं शहर देख्न सकिन्छ । पोस्टरले क्राइम थ्रील संकेत गर्छ ।
ुसत्यबिरुको निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सकृय खड्काको ठुलोपर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ । उनले डिज्नेु पिक्सारु जस्ता कम्पनिको लागि हलिउड फिल्म स्टार वारु,लेगो लगायतमा भिएफएक्स र एनिमेसनको काम गरेका छन्। खड्काले नेपालमा प्रेमगीत ३,बाँबरी,लगायतका दर्जनौं फिल्ममा भिएफएक्स सुपरभाइजरको काम गरेका छन् ।
काठमाडौंमा भिएफएक्स र एनिमेसन स्कुल सञ्चालन गरेर सयबढि विधार्थीलाई खड्काले प्रशिक्षण दिएरहेका छन् । २१ औं शताब्दीको टेक्नोलोजीको समयमा नेपाली फिल्मलाई उच्च कोटीमा पुर्याउने उद्देश्यसहित फिल्म निर्देशनमा जुटेको खड्काले बताए । उनले यसअघि एक दर्जन सर्ट फिल्म र म्युजिक भिडियो निर्देशन गरेका छन् ।
खड्काले यो फिल्ममा ४० प्रतिशत दृश्य भिएफएक्स रहने बताए । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा छायांकन गरुनेछ । कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी बाहेक निर्माण कम्पनिले फिल्मको ुकास्ट एण्ड क्रूु सार्वजनिक गरेको छैन ।
लामो समयदेखि रङ्गमञ्चमा सकृय चौधरी १० बर्षपछि फिल्म अभिनयमा आउन लागेका हुन् । होस्टेल रिटर्न्स फिल्ममा उनले निभाएको पिके डन चरित्रले चर्चा पाएको थियो । हाल मण्डला थियटरमा अभिनय कक्षा सिकाइरहेका चौधरी धेरै नेपाली फिल्ममा चल्तीका कलाकारहरूलाई अभिनय कला सिकाएका छन् ।
सत्यबिरको कथा प्रदीप चौधरीको नै हो। साढे २ करोडको लागतमा निर्माण हुने फिल्ममा परिचित कलाकारहरू नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए । तिहार लगत्तै फिल्मका अन्य कलाकारहरूको उपस्थिति सार्वजनिक गर्दै वर्कसपमा जुट्ने निर्माण टिमले बताएको छ ।