सुचना, समाचार र मनोरन्जन

‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित हुँदा पल शाह निकालिएको चर्चा

काठमाडौं :

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। उनी यो फिल्ममा अनुबन्ध भएपछि यो फिल्मबाट अभिनेता पल शाह निकालिएको चर्चा छ। यसअघि यो फिल्मको मुख्य भुमिकामा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल अुनबन्ध भएका थिए। तर सौगात यो फिल्ममा प्रवेश गर्दा पलको चर्चा छैन।

त्यस कारण उनी यो फिल्मबाट निकालिएको चर्चा भने सुरु भएको छ। निर्माण पक्षले यसबारेमा भने जानकारी दिएको छैन्। तरउनी निकालिएको भने बाहिर हल्ला छ। यो फिल्ममा सौगात भित्रिएपछि उनको भूमिका कस्तो छ भन्ने बारेमा निर्माण पक्षले जानकारी दिएको छैन्।

सोमबार काठमाडौंमा सौगात मल्लसँग यस फिल्मका प्रस्तुतकर्ता तथा निर्माता किरण नेपाली लगायतको टिमले सौगातलाई अनुबन्ध गरेको हो। लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने यो फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्। यस अघि निर्देशक सुनारले फिल्म ‘बुलाकी’ निर्देशन गरेका थिए। जुन एक साता अघि प्रदर्शनमा आइसकेको छ ।

तिहारपछि छायांकनमा निस्किने यो फिल्मको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ। कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन हुने यो फिल्मको कथा बारे विस्तारै भन्दै जाने निर्देशक सुनारले जानकारी दिए। उनका अनुसार कलाकार पनि विस्तारै फाइनल गर्दै लैजाने निर्माण टिमको तयारी छ। पल शाहको कुरा गर्ने हो भने  उनले अभिनय गरेको पछिल्लो फिल्म ‘रावायण’दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ।

Leave A Reply

Your email address will not be published.