सुचना, समाचार र मनोरन्जन

अमेरिकामा शान्तीश्रीले घन्काइन् ‘अरिली काँडैले’

काठमाडौं :

अमेरिका हास्छ नामक कार्यक्रममा ‘अरिली काँडैले’लगायतका गीत घन्किएका छन्। एक महिनाको कार्यक्रम लिएर अमेरिका पुगेकी गायिका शान्तीश्री परियारले यो गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएकी हुन्। उनले आफ्ना चर्चित गीतहरु गाएकी छन्।

पछिल्लो समयकी नम्बरवान गायिका बनेकी शान्तीश्रीका अधिकांश गीतहरु चर्चामा रहेका छन्। नेपाली गायनमा सक्रिय रहेकी उनी देश तथा विदेशमा हुने मेला महोत्सवमा पहिलो रोजाईमा पर्दै आएकी छन्।

त्यस कारण उनी यस पटक अमेरिका लामै समय बसेकी हुन्। उनको पहिलो गीत ‘घर छ तीन तले’,‘एकतफी माया’,‘गाईलाई दाम्लो माछिलाई फुरुलुङ्ग’हूँदै उनले उनले पशुपति शर्मासँग ‘बासको टुप्पो हल्लियर’लगायतमा स्वर भरेकी छन्। तर पछिल्लो समय उनले गायक प्रकाश सपुतसँग ‘बोला माया’गीत गाएपछि चर्चाको शिखरमा पुगेकी थिइन्

। त्यसपछि उनका हरेक गीतहरु चर्चामा रहेदै आएका छन्। एल्बममा मात्र नभएर उनले पछिल्लो समयका फिल्मका गीतमा समेत गाउन थालेकी छन्। जुन हिट पनि छ।

गीत र उनको चर्चाले उनलाई अमेरिका पुर्याएको हो। त्यसैले उनी अमेरिका हास्छ नामक लिएर अमेरिका पुगेकी हुन्। उनी यतिबेला उतै छिन्। उनका अलवा गायिका ज्योती मगर,रचना रिमाल,मोडल करिश्मा ढकाल लगायत उतै रहेका छन्।

Leave A Reply

Your email address will not be published.