सुचना, समाचार र मनोरन्जन

सरकारको काम प्रति असन्तुष्टि जनाउँदै शेखर कोइरालाले मागे प्रधानमन्त्रीको रिर्पोट कार्ड

पोखरा ।

नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले सरकारको काम प्रति असन्तुष्टि जनाएका छन् । काँग्रेस गण्डकी प्रदेशको सम्मेलनमा सरकारको काम प्रति असन्तुुष्टि जनाउँदै उनले प्रधानमन्त्रीको रिर्पोट कार्ड मागेका छन् । “गएको एक वर्षमा प्रधानमन्त्रीले के के काम गर्नुभयो मैले रिर्पोट कार्ड मागेको छु”, उनले भने,“उहाँले हालसम्म पनि दिन सक्नुभएको छैन ।”

उनले काँग्रेसमा व्यक्तिवादी चरित्र हावी हुँदै गएको र नेतृत्वकै कारण जनतामा आक्रोश पलाएको तर्क गरे । विधानले परिकल्पना गरेको प्रदेश संरचनालाई अधिकारविहिन बनाइएको भन्दै कोइरालाले अधिकारको पक्षमा वकालत गरे । उनले आउँदो चुनावमा काँग्रेस एक्लै लड्ने कि गठबन्धन गरेर लड्ने विषयमा बहस गर्नुपर्ने बेला आएको पनि उल्लेख गरे । आफुले पार्टीभित्र गुटको नेतृत्व गरेको कुरा स्वीकार्दै कोइरालाले भने,“गुटका कारण पार्टी कमजोर हुनुुहुँदैन ।” विचारको गुट हुनुपर्नेमा व्यक्तिको गुट हुँदा समस्या भएको भनाई उनको छ ।

Leave A Reply

Your email address will not be published.