सुचना, समाचार र मनोरन्जन

दसैंको मुखैमा आयो सबैलाई रुवाउने शिव र उषाको गीत ‘आमा’

काठमाडौं :

गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको अनामनगरस्थित एक क्याफेमा गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा अभि सुनारको शब्द र संगीत, पुर्ण संयोग र सन्जिब बराइलीको एरेन्ज तथा नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ।

निकेश खड्का निर्देशित गीतको भिडियोमा विद्या कार्की, अभि सुनार, उषा गजुरेल र आदित्य ठकुरीको अभिनय छ। गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ। घरको एक्लो छोरो विदेशिएपछिको आमाको पीडालाई भिडियोमा देखाइएको छ।

यो गीतको भिडियोमा गायिका आफैले अभिनय गर्दाको अनुभवका बारे बोलेकी छन्। उनले गीतको भिडियोमा अभिनय गर्दा निकै कठिन भएको र गाउन समेत उस्तै भएको सुनाईन्। गायक शिव परियारले धेरै समयपछि मनछुने गीत गाउन पाउँला आफु हर्षित भएको बताउँदै यो गीतले स्रोता तथा दर्शकमाझ राम्रो छाप छोड्ने दाबी गरे।

कार्यक्रमका प्रमुख अथिति पुन्य गौतमलले आफु गायक शिवको फ्यान भएको बताउँदै उनले यो गीतले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथी’ले जस्तै पिकअप लिने बताए। उनले गायक गायिका तथा सर्जक अभि सुनारलाई बधाई तथा शुभकामना दिए।

कार्यक्रममा अर्का अथिति ज्ञानेन्द्र शाही कार्यक्रममा ढिला आइपुगेका थिए। उनले कार्यक्रम सकिन लागेको समयमा आएको भन्दै आफी मागे। उनले पनि गायक शिव परियारसँग आफुले सहकार्य गर्न उत्साहित रहेको बताउँदै आगामी दिनमा अगाडि बढ्न सुझाव दिए।

गीतकार तथा लयकार अभिले यो आफुले नराम्रो काम गर्न लागेको बेला आमाले फोन गरेपछिको अवस्थामा सिर्जना गरेको बताए। निकै भावुक बनेका सर्जक सुनारले त्यो समयमा आफुले समाल्न नसकेको अवस्थामा आमाको फोनले गर्दा यो सिर्जना लेख्न पाएको बताए।

यो गीतको भिडियोमा विकास धमलाको सम्पादन र कलर, स्वस्तिका श्रेष्ठको मेकअप, सुदीप ढकालको प्रोडक्सन तथा बुद्ध थापा एण्ड टिमको छायांकन छ। उषा गजुरेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोका निर्माता सम्राट ढकाल र डा. युवराज कँडेल हुन्।

Leave A Reply

Your email address will not be published.