सुचना, समाचार र मनोरन्जन

सिम्रन र राजनको ‘पारी ठुली भिर’

काठमाडौं :

 सुन्दर हमालको शब्द रचनामा रहेको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका सिम्रन परियार र राजन कार्कीले स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।

नेपालीपनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ ।

सन्जय राईको छायाँकन,अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ। मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसै गोजीमा’ गीत चर्चामा रहेका थिए ।

Leave A Reply

Your email address will not be published.