काठमाडौं :
घरेलुका हिंसाको सिकार धेरै हुने गरेका छन्। कति जानेर त कति नजानेर यसको सिकार भइरहेका हुन्छन्। यहि कथामा आधारित सिता टेलिसिरियलको ट्रेलर सार्वजनिक भएको छ।
घरेलु हिंसाको कथा सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको टेलिफिल्मको ट्रेलर सार्वजनिक भएको हो। आरटि इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक ट्रेलरमा गरिवीको, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठान गरिएको छ।
सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकी छन्। त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलीले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् ।
त्यस्तै ट्रेलरमा राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सकिन्छ । यहि असोज ८ गते राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियलले दर्शक स्रोताहरुको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ ।
८ बजे हिमालय टेलिभिजनबाट प्रशारण भएपछि ८ः३० मा आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिनेछ । प्रत्येक मंगलबार ८ बजे हिमालय टेलिभिजन र आरटि इन्टरटेन्मेन्टमा सिता सिरियल हेर्न सकिनेछ ।