सुचना, समाचार र मनोरन्जन

जापान टिमले किन्यो सौगात र बेनिशाको ‘सिटामोल’

काठमाडौं :

सौगात मल्ल र बेनिशा हमाल अभिनित फिल्म ‘सिटामोल’को जापान प्रदर्शन अधिकार बिक्रि भएको छ। फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो। निर्माण टिमले दिएको जानकारी अनुसार ििफल्मको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमती भएको छ।

Gokarna Karki

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मलाई अन्य देशमा पनि बिक्री गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको केहि सिन छायांकन बाँकी राखेर धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ। सिन्धुलीमा खिचिएको सिनहरुको काम भइरहेको हो। केहि दिनमा नै काठमाडौंको बाँकी छायांकन पुरा गर्ने निर्देशक सानेले बताए।

यस फिल्ममा सौगात मल्ल र बेनिशा हमालका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।

यस फिल्ममा सौगात र बेनिशा श्रीमान–श्रीमतीको भुमिका निवार्ह गरेका छन् । जसमा उनीहरु माओवादी जनयुद्ध चपेटामा परेको कथामा आधारित फिल्मले उठान गरेको निर्माण पक्षको दाबी छ। एक महिना अघि सार्वजनिक पोस्टरमा हेर्दा सौगात जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेको देखिएका थिए।

निर्देशक सानेकै कथा रहेको यस फिल्ममा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन्। त्यस्तै फिल्ममा बाबुल गिरीको संगीत रहेको छ भने दिव्य सुवेदीले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.