सुचना, समाचार र मनोरन्जन

स्मिताको कला यात्रा थियटर देखि चलचित्रसम्म

काठमाडौं :

उदीयमान अभिनेत्री स्मिता भुषालले नेपाली टेलिभिजन क्षेत्रमा आफ्नो पहिलो पाइला टेक्दै टेलिभिजन धारावाहिक ‘भरोसा युवामा’ मार्फत डेब्यु गर्न लागेकी छन्। यो टिभि श्रृंखला नेपाल टेलिभिजनबाट २०२६ मार्च १४ गते साँझ ६ः४० बजेदेखि प्रसारण सुरु भएको छ।

रंगमञ्च ‘थिएटर’ बाट अभिनय यात्राको आधार निर्माण गरेकी भुसालले यस धारावाहिकको एजेण्डा खण्डमा मुख्य भूमिकामा अभिनय गर्दै टेलिभिजन अभिनयमा प्रवेश गरेकी हुन्। श्रृंखलाले विशेषगरी कृषि, ग्रामीण जीवन, युवाहरूको भूमिका तथा समाजमा विश्वास र जिम्मेवारीको महत्व जस्ता विषयलाई केन्द्रमा राख्दै कथा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । थिएटरबाट टेलिभिजन अभिनयमा आउँदाको अनुभवबारे बोल्दै भुसालले रंगमञ्च र क्यामेरा अभिनयबीच प्राविधिक तथा प्रस्तुतीकरणका दृष्टिले ठूलो भिन्नता रहेको बताइन्।

उनका अनुसार थिएटरमा दर्शकसम्म भावनालाई पुर्याउन ठूलो हाउभाउ र आवाजको प्रयोग गर्नुपर्ने हुन्छ भने टेलिभिजन अभिनयमा क्यामेराको अगाडि सूक्ष्म र सन्तुलित अभिनय आवश्यक हुन्छ । एजेण्डामा मुख्य पात्रको जिम्मेवारी सम्हाल्नु उनका लागि चुनौतीपूर्ण भए पनि उनले त्यसलाई सिकाइको अवसरका रूपमा लिएको बताएकी छन्। पहिलो पटक क्यामेरासामु मुख्य भूमिकामा उभिँदा दबाब भएपनि यो अनुभव निकै उत्साहजनक र सन्तोषजनक रहेको उनले बताइन्। यसैबीच भुसाल एक नयाँ चलचित्र परियोजनामा पनि आबद्ध भएकी छन्। जसको निर्देशन राजेन्द्र महर्जनले गर्दैछन्।

Leave A Reply

Your email address will not be published.