सुचना, समाचार र मनोरन्जन

‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ शुक्रबारबाट सुरु, उपमेयर डंगोलले गरिन् उद्घाटन

काठमाडौँ :

तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सुरु भएको छ। कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित एक्स्पोको शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरिन्।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना रहेको एक्स्पो शुक्रबार र शनिबार गरेर दुई दिन चल्नेछ । प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ६३ विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ बिद्यार्थी हुन्।

कार्यक्रममा उपमेयर सुनिता डंगोलले इन्टेरियर डिजाइन पछिल्लो समय महत्वकासाथ हेर्न थालिएकोले यसमा लाग्नेको भबिश्य राम्रो भएको बताइन् । ‘अर्थसंग जोडेर हेर्ने हो इन्टेरियर डिजाइन एकदमै महत्वपुर्ण बिधामा पर्छ’, उनले भनिन् ‘अहिले सानो कपिसप खोल्दा पनि डिजाइन गर्ने चलन छ ।’ उनले इन्टेरियर डिजाइनमा ग्राजुयट बिद्यार्थीलाई बधाई तथा सफल भबिश्यका लागि शुभकामना समेत दिइन् ।
नेपाल जीवन विमाका कार्यकारी प्रमुख प्रविण रमण पराजुली, ईश्वरलाल जोशी प्रिसिडेन्ट (सोना) लगायतको उपस्थिती कार्यक्रममा रहेको थियो ।
एक्स्पोमा दुई प्रकारको प्रदर्शनि छ । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको बिभिन्न फरक फरक क्याफे डिजाइनहरु छन् । अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरुको बिभिन्न फरक प्रोजेट बनाएका छन्। प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबीच समेत प्रतिस्पर्धा हुने र निर्णायकको निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो रुपमा पुस्कृति हुनेछन्। उपमेयर डंगोल लगायतका अतिथिले सबै प्रदर्शनी अवलोक गरेर त्यसको बारेमा जानकारी समेत लिएका छन् । बर्जर पेन्टस् र डोर्सेट रा मिराज, फत्ताजु फर्निचर, फर्निचर हब, सिकर्मी हार्डवेयर विशेष प्रायोजन रहेको प्रदर्शनीमा उपमेयर डंगोलले ग्राजुयट बिद्यार्थीलाई सर्टिफिकेट समेत प्रदान गरिन्।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको एकेडमी हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.