सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुँदै

 

पोखरा : पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा वडा–२२ मा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’  हुँदैछ।

असोज १२ देखि हुने उक्त प्रतियोगिताका लागि  स्वदेशी तथा विदेशी धावकले ८ असोजसम्म अनलाइनमार्फत दर्ता गर्न सक्ने भएका छन्।

क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौडमा धावकले आफ्नो परिचयसहितको ठेगाना खुल्ने गरी अनलाइनबाटै फारम भर्न सक्ने जानकारी दिए।

उनले पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको र  तिनै पर्यटकीय गन्तव्य छुने गरी विश्व शान्ति स्तुपदेखि दौड सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने परिचय नेटवर्कलाई जानकारी दिए।

उनले भने, ‘प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।‘

बरालले प्रतियोगितामा हालसम्म पोखरा वडा २२ कार्यालय, पुम्दीकोट कोट विकास समिति, विश्व शान्ति स्तुप समिति, बुद्व पार्क समिति, पुम्दीकोट माउन्टेन लज, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला एथलेटिक्स संघ, पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानल, सहारा क्लब पोखरा, अटोवेज प्रालि, ग्लेज ड्रिङकिङ वाटर, सिटिजन फर्निचर, बराल पार्टी प्यालेस, एस.के. साउण्ड, परिचय एड्भरटाइटिङ, राष्ट्रिय पोशाकघर, जिल्ला समन्वय समिति कास्की, अन्तराष्ट्रिय पर्वतीय संग्राहलय, खेलकुदकर्मी विश्व तण्डुकार लगायतले सहयोग गरेको बताए।

Leave A Reply

Your email address will not be published.