काठमाडौं :
अमर कौशिक निर्देशित बलिउडको कमेडी(हरर फिल्म ‘स्त्री २’ ले बोरामा पैसा भरिरहेको छ। भारतिय फिल्ममा सबैभन्दा धेरै पैसा कमाउनेमा यो दोस्रो फिल्म हो। सिद्धार्थ आनन्द निर्देशित जासूस(थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिनेको छ। फिल्म स्त्री २ भारतिय फिल्ममा धेरै कमाउनेमा दोस्रो बनेको हो।
भारतिय सञ्चारमाध्यमका अनुसार एसएस राजामौलीको सन् २०१७ को ब्लकबस्टर फिल्म ‘बाहुबली २’ लाई उछिनेको एक दिनपछि ‘स्त्री २’ ले उक्त उपलब्धि हासिल गरेको हो ।
शनिबारसम्म भारतीय बक्स अफिसमा श्रद्धा कपुर स्टारर ‘स्त्री २’ ले ५१६.२५ करोड नेट भारु कमाएको छ। त्यसै कारण निर्माता यतिबेला पैसा बटुल्न लागि परेका छन्। यो भारतिय फिल्मको सर्वाधिक कमाई गर्ने फिल्म बन्ने दौडमा छ। फिल्म बन्न ‘स्त्री २’ ले अब शाहरुख खानकै अर्को फिल्म ‘जवान’को कमाइलाई उछिन्ने करिव करिव नजिक आइपुगेको छ। ‘जवान’को कमाइ ५८२.३१ करोड भारु छ। यसलाई जित्नका लागि केहि दिनको पखाई भारतिय फिल्मकर्मीको छ।