काठमाडौं :
वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न भएको छ । काठमाडौमा आयोजना भएको सभाका संयोजक वरिष्ठ चलचित्रकर्मी विनोद सेराङले स्व. सुब्बाको व्यक्तित्वको बारेमा चर्चा गर्दै उनको नाममा छिट्टै अक्षयकोष स्थापना गरिने र चलचित्र निर्देशक समाजसंग सहकार्य गरी सो कोष मार्फत हरेक वर्ष मौलिक चलचित्रका निर्देशकलाई पुरस्कृत गरिने बताए।
स्मृति सभामा वरिष्ठ कलाकार रवि गिरी, वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ छायाकार शिव ढकाल, कलाकार बिमला के.सी., पत्रकार तुलसी गिरी ‘भावुक’ लगायतले स्व.सुब्बाको नेपाली चलचित्रक्षेत्रमा रहेको योगदानको बारेमा चर्चा गरे। स्व. प्रताप सुब्बाको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेटको मौनधारणबाट सुरु भएको सो अनौपचारिक कार्यक्रम वरिष्ठ निर्देशक विनोद सेराङले सहजीकरण गरेका थिए भने उपस्थित सबैले स्व. सुब्बाको तस्बीरमा मल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए ।