सुचना, समाचार र मनोरन्जन
Sarangi

होटल संघको नेतृत्वमा पुनः लक्ष्मण सुवेदी

पुरानो टिमलाई सर्वसम्मत निरन्तरता

पोखरा : २१ औं अधिवेशन तथा ४२ औं वार्षिक साधारणसभाले लक्ष्मण सुवेदीलाई पुनः सर्वसम्मत अध्यक्ष चयन गर्दै पुरानो टिमलाई निरन्तरता दिएको छ। होटल संघ पोखराको नेतृत्वमा सुवेदीको पुनरागमनसँगै संघले व्यवसायीको संरक्षण र पोखराको पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिहरू अघि सार्ने लक्ष्य राखेको छ।

कार्तिक ८ गते, बिहीबार सम्पन्न साधारणसभामा संघले पर्यटन उद्योगलाई थप सशक्त बनाउन योजना अघि सारेको छ, जसले स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय स्तरमा पोखराको पहिचानलाई अझ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

संघको प्रथम उपाध्यक्षमा दिपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल (रमेश) र सहकोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भएका छन्।

सदस्यहरुमा प्रदिपराज पहारी, डिल्लीराम गौतम, शिवराज पहारी, र पन्चम लामा सर्वसम्मत चयन भएका छन्। नयाँ कार्यकालमा संघको १७ सदस्यीय कार्यसमितिमा ४ सदस्य मनोनित गर्न बाँकी रहेको छ, जसले संघलाई थप समावेशी र सशक्त बनाउने अपेक्षा गरिएको छ।

संघले पोखराका व्यवसायीहरूको संरक्षण र पर्यटन प्रवर्द्धनलाई आफ्नो मुख्य प्राथमिकता बनाएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.