सुचना, समाचार र मनोरन्जन

अभिनेत्री शुभेक्षा खड्काको अनुभव : टेलिजिभनमा काम गर्दा महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन

काठमाडौं :

फिल्म ‘चित्रा’मा अभिनय गरेकी अभिनेत्री शुभेक्षा खड्कालाई दर्शकले राम्ररी नोटिस गर्न सकेका छैनन्। ‘मिस नेपाल–२०१२’की सेकेण्ड रनरअप अभिनेत्री खड्का आफु अभिनित फिल्म ‘चित्रा’को प्रमोसनमा जुटेकी छन्।

Gokarna Karki

बाबु छोरीको कथामा निर्मित फिल्मका बारेमा पत्रकारसँग आफ्ना अनुभवहरु साटिरहेकी छन्। उनी बाबु हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् भन्ने भाव प्रकट गरेकी छन्।

उनले फिल्म चित्रामा पनि बाबुछोरीको कथा देखाउन खोजिएको र त्यसमा पनि ‘मसला’को काम गरेको दाबी गरेकी छन्। उनले अन्तरवार्तामा भनेकी छन्,‘फिल्म हेर्दा सरल पात्र तर ट्विस्ट लेराउने पात्रका रुपमा आफुलाई दर्शकले पाउन सक्ने बताईन्।

‘मैले दुई वटा फिल्म गरिसकें र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’माचाँहि सुटिङका दिनहरु कम भएपनि राम्रो भूमिकामा गरेकाले खुशी थिए,’उनले भनेकी छन्,‘अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुशी भएकी छु।’

केहि फिल्ममा अभिनय गरेकी खड्काले आफुले खेल्न चाहेको फिल्मको कथाका बारेमा समेत पत्रकारसामु कुरा राखेकी छन्।
उनी भन्छिन्,‘यस्तो खालको भन्ने छैन तर नयाँ खाले कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि संमग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहाना छ ।’

उनले थपिन्,‘एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस्।’

टेलिभिजनमा समेत काम गरिसकेकी अभिनेत्री खड्काले आफ्ना पुराना दिनहरु सम्झिएकी छन्। उनले टेलिभिजनमा काम गर्दाको आफ्नो पारिश्रमिक ६ हजार रहेको उल्लेख गर्दै त्यो पैसाले खर्चै धान्न नसकेको स्मरण गरिन्।

‘विशेष गरी मिस नेपालमा भाग लिदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ। त्यो समयमा म टेलिभिजनमा काम गर्थे तर पारिश्रमिक त्यस्तो राम्रो थिएन,’उनले अतित सम्झदै भनिन्,‘मैले महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन।’

Leave A Reply

Your email address will not be published.