सुचना, समाचार र मनोरन्जन
Pdms

आधा चम्चा मह राखेर पानीमा पिउँदा अस्पताल पुगेँ : संगीतकार सुरेश अधिकारी

काठमाडौं :

कहिलेकाँही आफुले खाइरहेको कुरा अलिक बढि भयो भने मानिसको ज्यान नै जोखिममा पर्ने गरेको छ। चर्तित संगीतकार सुरेश अधिकारीलाई आधा चम्मा मह हालेर तातोपानी पिउँदा मेडिसिटी अस्पताल नै भर्ना हुनु परेको छ। सोमबार उनी बिहानै एक्कासी मुटुको धड्कन रोकिए जस्तो भएपछि अस्पताल नै पुर्याइएको थियो।

उनले मंगरबार आफुल सधैँ झैँ तातोपानीमा मह हालेर खाँदा अस्पतालको बेडमा पुग्नु परेको अनुभव सुनाएका छन्।

उनी लेख्छन्,‘बिहान चियाको रुपमा आधा चम्चा मह राखेर तातो पानी पिउने बानी थियो हिजो पनि त्यही गरियो । तर चियाले सधै जस्तो मजा दिएन, हनि चियाले थोरै निहु खोज्यो, मुटुको धड्कन नै एक्कासि हरायो, अस्पताल पु¥यायो। अस्पताल पुग्दा डक्टरको कुरा सुनेर मामला सोचे भन्दा बढी गम्भिर भएको कुरा थाहा भयो।’

उनले लेकाली लालीगुराँसको रसबाट मह तातोपानीमा हालेर पिएका रहेछन्। उनले आफ्ना शुभचिन्तकलाई आफ्नो अनुभव सुनाउँदै लेखेका छन्,‘लेकाली लालीगुराँसको रसबाट माहुरीले सङ्कलन गरेको मह सेवनबाट एक्कासी धेरैले ज्यान गुमाएका छन भन्ने अनुभव डक्टर साबसँग रहेछ। त्यसरी ज्यान गुमाउने नेपालका एक वरिष्ठ डक्टरका भाइ समेत रहेछन। अस्पताल पुगेका कतिपयलाई पेसमेकरको सहायताले मुटुको धड्कन सुचारु गर्नुपरेको रहेछ। तीनजाना मा एकजना मात्रै औषधिको भरमा निको हुने रहेछन।’

उनले आफ्नो स्वास्थ्य लाभको कामना गरेका र मेडिसिटी अस्पताललाई धन्यवाद दिएका छन्।

Leave A Reply

Your email address will not be published.