काठमाडौं :
हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’को डबिङ गरेकी छिन्। आगामी फागुन २५ बाट रिलिज हुने फिल्ममा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।
अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन्। डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन्। उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको प्रचारप्रसारका लागि सार्वजनिक गरिएका तीन गीत ‘वाह ! वाह !! वाह !!!’, ‘मुटुको चार आना’ र ‘हारेको छैन’ ले राम्रै चर्चा पाइरहेको छ ।