सुचना, समाचार र मनोरन्जन
Sarangi

फिल्म ‘ऐंचो पैंचो’को ट्रेलरमा राजनितिका कुरा

काठमाडौं :

आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई फिल्मले उठान गरेकाले आफ्नो मन छोएको बताए । फिल्मको सार्वजनिक ट्रेलर हेर्दा ’ऐंचो पैंचो’ उत्कृष्ट बनेको दाबी गरे।

नेपालमा यस्तो बिषय वस्तुमा अझै धेरै फिल्ममा निर्माण हुन जरुरी भएको भन्दै फिल्म निर्माण अगाडी सिनेमाको कथामा आफुलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा आउन सक्ने बताए । तरपनि फिल्ममा जति आएका छन् यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त भएको उनको भनाई छ । उनले भदौं १४ गते आफु परिवार सहित हलमा गएर सिनेमा हेर्न पनि घोषणा गरे ।

फिल्मको ट्रेलर हेर्दा राजनितिले देश र समाजमा पाएको प्रभावलाई नजिक बाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । फिल्मको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा प्राय सवै कलाकारलाई स्थान दिएको छ । फिल्मका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । फिल्मका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.