काठमाडौं :
गायिका पूजा तामाङको स्वरमा नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ सार्वजनिक भएको छ । पूजा तामाङ युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत रिलिज गरिएको हो।
तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार जिवन बम्जन र रमेश तामाङको भनाइ छ । उक्त गीतमा संगीत र एरेन्ज चन्द्र कुमार दोङले भरेका छन । ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।