सुचना, समाचार र मनोरन्जन

‘फेस अफ तामाङ किड्सको उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङको पोल्टामा

काठमाडौ :

तामाङ समुदायका बालबालिकाहरुको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन्। युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि जितेका हुन्।

प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ भए।

प्रतियोगिताका सहभागीले करिब १ महिनासम्म रोजिन शाक्यको फेसन कोरियोग्राफी र नृत्य निर्देशक एमबी गुरुङबाट प्रशिक्षण लिएका थिए । प्रतियोगिताको फिनालेमा अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायक थिए।

फिनालेमा पूर्व मन्त्री परशुराम तामाङ प्रमुख अतिथि र मिलन मोक्तान तथा पञ्चालाल घिसिङ विशेष अतिथि थिए । कार्यक्रममा तामाङ समुदाय सँगै राष्ट्रिय आयामका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।

युथ क्रिएसनका प्रमुख रवी लामा तामाङले बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको बताए।

बालबालिकाले प्रशिक्षणका क्रममा बौद्धमार्गीको पवित्र धार्मिक स्थल स्वयम्भूमा निःशुल्क पानी वितरण गरेका थिए भने स्वयम्भूको अवलोकन गरी तामाङ कूताब धिममा तामाङ परिकार खानपिन र गायक तथा तामाङ डाजाङका अध्यक्ष फुलकुमार ब‍ोम्जनबाट तामाङ भाषा लिपी रिमठिमको बारेमा जानकारी लिएका थिए।

सहभागीहरुलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव तथा ओख्रेनी मावि गोकर्णेश्वर नगरपालिका १–सुन्दरीजल, काठमाडौकी शिक्षिका रुवी लामाले तामाङ भाषाका वर्णमाला किताब उपहार स्वरूप प्रदान गरेकी थिइन्। उनले सहभागीहरुलाई तामाङ मातृभाषाको परिचय, महत्व , संरक्षण र सम्बद्र्धनको विषयमा जानकारी दिएकी थिइन्।

Leave A Reply

Your email address will not be published.