सुचना, समाचार र मनोरन्जन

तिज महोत्सवमा दुर्गेश, निशा, सुजता, चन्द्रदेखि नमराजले नचाए, जितु र दिनेशले हँसाए

काठमाडौं :

कलरइसेन्स र नेचरइसेन्सले आयोजनामा २० औं तिज महोत्सव काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ। अग्रजदेखि नयाँ पुस्तासम्मका दर्जन कलाकारले करिब पाँच घन्टासम्म दर्शकलाई आफ्नो गीतसंगीत र नृत्यबाट उनीहरुलाई निरन्तर नचाए।

सो क्रममा गायक तथा मोडल दुर्गेश थापा, अग्रज गायकद्धय चन्द्र शर्मादेखि चर्चित गायिका निशा देशारसम्मले बिहिबार बेलुका काठमाडौंमा पाँच सयभन्दा बढी ब्युटिसियनहरुलाई छमछमी नचाएका छन्। बिहान ११ बजेबाट सुरु भएको सो महोत्सबमा सुरुको दुई घन्टासम्म भारतबाट आएका कस्मोलोजिष्ट निरज कुमारले पाँच सय भन्दा बढी व्युटिसियनहरुलाई फेसियल सम्बन्धि प्रशिक्षण दिए। कार्यक्रमलाई चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेका थिए।

कार्यक्रमका आयोजकसँस्था एसएमके इन्टरप्राईजेजका अध्यक्ष मनिकरन केसीले २३ वर्ष अघि नेपालमा आफुले भित्राएको कलरइसेन्स नेपालइसेन्स कस्मेटिक आज सर्वाधिक विक्रीहुने सुचीमा परेकोमा खुसी व्यक्त गरे। नेपालइसेन्सका कन्ट्री डिरेक्टर रमेश उप्रेतीले सो कम्पनीका दुई सयभन्दा बढी उत्पादनबारे कार्यक्रममा जानकारी गराए। नेचरइसेन्स र कलरइसेन्सले हेयर केयर, स्किन केयर, मेकअपसम्बन्धि दुई सय भन्दा बढी कस्मेटिक सामग्री उत्पादन गरेर विश्व बजारमा पठाउँदै आएको उनले बताए।

महोत्सवको दोश्रो खण्ड्मा अन्तर्गत दिउँसो १ बजेबाट बेलुका ६ बजेसम्म सांस्कृतिक कार्यक्रम, नाचगान एवम् दर कार्यक्रम आयोजना गरियो । मोडल प्रतीक्षा काफ्लेको नृत्यबाट सुरु भएको दोश्रो चरणको सो कार्यक्रमलाई एसएमके इन्टरप्राईजेजका अध्यक्ष एवम् चलचित्र निर्माता मनिकरण केसीले उद्घाटन गरे । कार्यक्रममा स्वागत स्वरुप मोडल तुलसा पहाडीले ताण्डप नृत्य प्रस्तुत गरिन्।

सो क्रममा हास्य कलाकार दिनेश काफ्लेले सामसामयिक बिषयमा प्रहशन गरेर दर्शकलाई हँसाए । उनले विभिन्न नेताको क्यारिकेचर गर्दा ब्युटिसियनहरु निकै रमाएका थिए। मञ्चमा उत्रिएका गायक नारायण थापाले आफ्नो नयाँ गीत तिमीलाई नै…प्रस्तुत गरे। यसपछि मञ्चमा प्रस्तुत भएकी गायिका सुजता केसीले आफ्नो तीज गीत र लोकगीत प्रस्तुत गर्दा ब्युटिसियनहरु स्टेजमा चढेर उनीसँगै नाच्ने भने मोडल सृजना श्रेष्ठले पनि तीज गीतमा नृत्य गरेर आफुसँगै व्युटिसियनहरुलाई नचाईन्।

कार्यक्रममा अग्रज लोक गायक नमराज ढुँगानाले आफ्नो चर्चित गीत फुल फुल्यो अमला र अर्को गीत प्रस्तुत गरे । ढुँगानाको गीतमा नाचेका ब्युटिसियनलाई गायिका बिन्दु परियारले तीज गीत सहित पहिलो नम्बरमा…, फर्क फर्क मायाँलु…जस्ता गीतमार्फत नचाईन् ।यो तिज महोत्सबमा यसपछि गायिका निशा देशारले आफ्ना चर्चित दुई गीत प्रस्तुत गरिन्। उनले सुरुमा चलचित्र राहदानीको मारुनी गीत साउनको ठुलो झरी… गाउँदा दर्शकहरु मारुनीको तालमा नाचे । कार्यक्रममा दरखाँदै रमाईरहेका ब्युटिसियनहरुमाझ निशाले आफ्नो अर्को हिट गीत ऐला लुवया…गाउँदा हातमा ग्लास लिएर उनीहरु स्ेटजमै चढेर निशासँग नाचे।

निशाले नचाईरहेको दर्शकबीच अर्का अग्रज गायक चन्द्र शर्माले आफ्नो चर्चित गीत बाच्छीले धान खायो…गाउँदा ब्युटिसियनहरुको नृत्य रोकिएन । उनले आफ्नो अर्को चर्चित लोक गीत पनि प्रस्तुत गरे । निरन्तर नाचेर केही थाकेका ब्युटिसियनहरुलाई यसपछि करिब २० मिनट हास्य अभिनेता जितु नेपालले प्रहशन गरेर निरन्तर हँसाए । बिहान ११ बजेबाट सुरु भएको तिज महोत्सब तथा सांस्कृतिक कार्यक्रममा बेलुका ५ बजेपछि स्टेजमा उत्रिएका गायक दुर्गेश थापाले आफ्नो पाँचवटा गीत प्रस्तुत गरेर दर्शकलाई नचाए। उनले बीच्च बीच्चमा सृँखलाका तीनवटा गीत, बम भोले बम…, कि त दुर्गेश रेलमा…जस्ता गीतहरु प्रस्तुत गरे । सो महोत्सबमा ब्युटिसियनहरु बेलुका ६ बजेसम्म नाचगान र दर खानमा व्यस्त रहे ।
तस्बिर : बद्री थापा

Leave A Reply

Your email address will not be published.