सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

शंकरलाई ‘तेल भिसा’को चर्चा गर्नै सकस,चितवन पुगे रेनु दाहालको लिन सहारा

काठमाडौं :

एक महिना अघिबाट छायांकन थालिएको फिल्म ‘तेल भिसा’को चर्चा छैन। ७० प्रतिशत अमेरिकामा सुटिङ गरिएको यो फिल्मको बाँकी ३० प्रतिशत चितवनमा गरियो। यति गर्दा पनि चर्चा बटुल्न हम्मे हम्मे परेको यो फिल्मका निर्देशक शंकर घिमिरेले फिल्मको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेर रेणु दाहाललाई गुहारेका छन्। फिल्मको अन्तिम खिचाईमा मेयर दाहाललाई निमन्त्रणा गरेका थिए। उनको निमन्त्रणमा मेयर सुटिङस्थलमा उपस्थित भइन्।

IVF Big

छायांकन स्थलमा पुगेकी उनले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना दिइन्। फिल्मले कस्तो विषयवस्तु उठाएको छ भन्ने विषयमा आफु यो फिल्म हेर्न निकै उत्सुकता जागेको दाबी गरिन्।
शंकर घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप भएको हो। निर्देशक घिमिरेले यहि फिल्मबाट करिव १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैैछन्। यसअघि उनले ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका थिए। यो फिल्ममा अभिनेता विपिन कार्की पहिलो पटक दोहोरो भुमिकामा देखिएका छन्।

हालै निर्माण टिमले विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार रहेको पोस्टर समेत सार्वजनिक गरेको थियो। आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

Leave A Reply

Your email address will not be published.