सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

‘तेल भिसा’को अग्रीम बुकिङ खुला,कति पर्ला ‘पुर्णबहादुरको साराङ्गी’ र ‘ह्रस्व दीर्घ’को असर

काठमाडौं :

भोली अर्थात मंसिर ७ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’को अग्रीम बुकिङ खुला भएको छ। शंकर घिमिरेले १२ वर्षपछि निर्देशनमा कमव्याक गरेको यो फिल्मको देशभरका हलले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो। देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो पाएको यो फिल्मले सिनेमाको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ।

देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो अनि मोफसलमा २५ शो उपलब्ध गराएको छ। यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो, वान सिनेमाजले ७ शो, एफक्युबले ६ शो, बिग मूभिजले ४ शो, बिएसआर मूभिजले ३ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले ३ शो, सिने डी सेफले ४ शो र कृर्तिपुर सिनेप्लेक्सले १ शो उपलब्ध गराएका छन् ।

यो फिल्मले देशभरका सिनेमा घरमा डेढ सय हाराहारीमा शो पाएको देखिन्छ । यो नेपाली सिनेमाका लागि उपलब्ध राम्रो शो हो । यी मात्रै शोमा दर्शकको अकुपेन्सी आक्रामक देखिए १ करोड बढि ओपनिङ हुने गर्छ । त्यसपछि फिल्मले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएको खण्डमा शो बढ्दै जाने हलसञ्चालक र वितरकको भनाई छ । अझै केही हलहरुमा अग्रीम टिकट बुकिङ खुल्ने क्रम जारी छ ।

IVF Big

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ। सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ।

अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ले पनि राम्रै शो पाइरहेको छ। नीता ढुङ्गाना र हरिहर अधिकारीको मुख्य भुमिका तथा निर्माणमा तयार भएको यो फिल्मले देशैभरका हलमा हाउसफुलको व्यापार गरिरहेको छ। बिहिबार निर्माण पक्षले फिल्मको कमाइ समेत सार्वजनिक गरेका छन्। यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।

त्यस्तै कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पुर्णबहादुरको साराङ’ले सर्वाधिक शो पाइरहेको छ। नेपालको अहिलेसम्म कै धेरै ग्रस कलेक्सन गरेको यो फिल्ममा दर्शक घटेका छैनन्। सरोप पौडेलको कथा तथा निर्देशनमा बनेको यो फिल्ममा विजय बराल,अञ्जना बराईली,मुकुन भुसाल,प्रकाश सपुतका अलवा विनोद न्यौपानेले समेत अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.