सुचना, समाचार र मनोरन्जन

सामाजिक सञ्जालमा रोकको असर: कलाकारहरू टिकटक र भाइबरतर्फ मोडिँदै

काठमाडौं :

सरकारले प्रमुख सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएसँगै नेपाली फिल्म तथा संगीत क्षेत्रका कलाकारहरू टिकटक र भाइबर जस्ता वैकल्पिक माध्यमहरूमा सक्रिय हुन थालेका छन्।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता मेटाका प्लेटफर्महरू अवरुद्ध भएपछि कलाकारहरू आफ्ना दर्शक, श्रोता तथा फलोअरसँग सम्पर्कमा रहन नयाँ प्लेटफर्म रोज्न थालेका हुन्।

अमेरिका टुर सकेर हालै नेपाल फर्किएका अभिनेता प्रदीप खड्काले शुक्रबार टिकटकमा नयाँ खाता खोलेका छन्। उनले फेसबुकमा खाताको क्यूआर कोड सेयर गर्दै लेखेका छन्, “मलाई आधिकारिक रूपमा यहाँ खोज्नुहोस् साथीहरू।” केही घण्टामै उनको टिकटक फलोअर्स संख्या उल्लेख्य रूपमा बढेको छ।

त्यस्तै, हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले पनि टिकटक खाताको लिङ्क फेसबुकमार्फत सेयर गरेका छन्। उनले लेखेका छन्, “यदि फेसबुक बन्द भैहाल्यो भने यो मेरो टिकटक हो है हजुर।”

यस्तै, पछिल्लो २४ घण्टामा धेरै कलाकारहरूले भाइबरमा पनि आफ्नो उपस्थिति जनाएका छन्। भाइबरमा खाता खोल्ने कलाकारहरूको सूचना सेव भएका नम्बरमा नोटिफिकेसनमार्फत देखिन थालेको छ।

यसअघि नै अभिनेत्री रेखा थापा, करिश्मा मानन्धर, दीपाश्री निरौला र दीपकराज गिरीजस्ता कलाकारहरू टिकटकमा सक्रिय भइसकेका छन्।

फेसबुक तथा अन्य सामाजिक सञ्जाल बन्द नहुँदा केहि कलाकारहरुले असर नपर्ने बताएका छन्। परिचयसँगको कुराकानीमा शिव परियारले सामाजिक सञ्जाल बन्द हुँदैमा अतालिनु नपर्ने बताए। नेपाल सरकारको कानुन,नियम कसैले मान्दिन भन्छ भने स्वभिमानको लागि भए पनि यो आँटलाई राम्रो मान्नुपर्ने बताउँछन्। त्यसै गरि गायिका ज्योति मगरले पनि यस कुरालाई समर्थन जनाएकी छन्।

सरकारले विहीबार २५ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णयले डिजिटल माध्यममा आधारित कलाकार र सिर्जनाकर्मीहरूलाई वैकल्पिक प्लेटफर्ममा सर्न बाध्य बनाएको छ।

Leave A Reply

Your email address will not be published.