सुचना, समाचार र मनोरन्जन

लेक टु लेक जोड्ने ट्र्याक विश्व मै उत्कृष्ट हुन्छ : धनराज आचार्य

 

पोखरा :  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेक टु लेक जोड्ने गरी निर्माण गर्ने ट्र्याक विश्व मै उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन्।

मंगलबार भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। पोखरा क्षेत्रमा रहेका ९ वटा तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको साइकल ट्र्याक बारे प्रारम्भिक छलफल गरिएको थियो ।

आचार्यको पहलमा भएको छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, सम्बन्धित वडाका जनप्रतिनिधि, सरोकारवालाहरू, र एडिबीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

साइकल ट्र्याक निर्माणमा विकास साझेदार एसियाली विकास बैङ्कले चासो देखिएको छ ।

Leave A Reply

Your email address will not be published.