सुचना, समाचार र मनोरन्जन

११ औं स्थापना दिवसमा पोखरा ट्रेडमलद्वारा वक्तृत्वकला प्रतियोगिता

सन्तोष बस्याल, पोखरा ।

पोखरा ट्रेडमलले वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । ११ औं स्थापना दिवसको अवसरमा साउन २४ गते प्रतियोगिताको आयोजना गर्न लागिएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै पोखरा ट्रेडमलले प्रतियोगितामा पोखरा महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने जानकारी गराएको छ ।

विद्यार्थीहरु बीच ‘पोखरा ः पर्यटन र सम्भावना’ विषयमा वक्तृत्वकला हुने ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले बताए । प्रतियोगिताका लागि प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ७ हजार, तृतिय पुरस्कार ४ हजार र सान्तवना १ हजार ५ सय रुपैयाँ राखिएको उनले उल्लेख गरे ।

पोखराका पर्यटनका विषयमा बालबालिकाहरुको धारणा बुझ्न र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा आम जनतालाई जानकारी दिने उद्देश्यले वकृत्वकला प्रतियोगिताको आयोजना गरिएको उनले बताए । सो कार्यक्रम मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा पोखराका प्रत्येक सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एकएक जना विद्यार्थीहरुको सहभागिता रहनेछ ।

पोखराको मुख्य व्यवसायिक केन्द्र चिप्लेढुंगा स्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लि. विभिन्न पेसा व्यवसाय गरेर बसेका व्यक्तिहरुको सामूहिक लगानीमा संचालित छ । २०७२ असोज २६ गतेबाट औपचारिक रुपमा संचालनमा आएको मलमा ग्राहकहरुको आवश्यकता अनुसारको वस्तु तथा सेवाहरु एकै छाना मुनिबाट प्रवाह गरिरहेको छ । मलमा दुई वटा मल्टीप्लेक्स सिनेमा हल पनि छ । खानाका पारखीहरुका लागि रेष्टुरेण्टको सुविधा पनि रहेको छ । सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, ईलेक्ट्रोनिक, ह्यरसैलुन, पार्लर लगायतका सुविधा पोखरा ट्रेड मलमा उपलब्ध भएको अध्यक्ष काफ्लेले बताए । यसका अलवा विदेश पढ्न जाने विद्यार्थीहरुका लागि नेपालकै ख्याती प्राप्त शैक्षिक परामर्श कम्पनीहरु रहेका छन् ।

ग्राहकका सुविधाका लागि आकर्षक र सुरक्षित पार्किङको व्यवस्था समेत गरिएको छ । लवि, शौचालय, भ¥याङ्ग, लिफ्ट, एस्कलेटरको व्यवस्थाले ग्राहकलाई सहज वातावरण मिलेको काफ्लेको भनाई छ । ट्रेडमलमा हाल २ सय ५० व्यवसायिक प्रतिष्ठान रहेका छन् । १ हजार २ सय ५० जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको काफ्लेको भनाई छ । ट्रेडमलले वार्षिक २ करोड ५० लाख आम्दानी गर्छ । जसमा ४० देखि ५० लाख सम्म बचत हुन्छ । हाल मलभित्र करिब ६ सय देखि १४ सय वर्गफिट सम्मको स्थान खाली रहेको र नयाँ व्यवसाय गर्न चाहने व्यवसायीहरुका लागि उपलब्ध गराइने अध्यक्ष काफ्लेले बताए ।

Leave A Reply

Your email address will not be published.