सुचना, समाचार र मनोरन्जन

टुगेनले ल्याए नेवारी र हिन्दी गीतको म्युजिक भिडियो

काठमाडौ :

गायक टुगेन श्रेष्ठले आफ्नै स्वर, शब्द, संगीत र कथामा नेवारी गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो दशृकमाझ लिएका आएका छन्। दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक टुगेन श्रेष्ठ दुई दशक भन्दा बढी समयदेखि यस क्षेत्रमा सक्रिय छन। उनले दर्जनौ हिट गीत आफ्नो दर्शक श्रोतामाझ पस्किसकेका छन भने हाल यी दुई फरक भाषाका गीतहरु लिएर दर्शकश्रोता माझ आफ्नो छुट्टै पहिचान बनाउन कम्मर कसेर अगाडि बढेका छन। दुवै गीतमा स्वर, शब्द संगीत उनकै रहेको छ भने एरेन्ज मिक्सिङ मास्टरिङ फ्लुट सबिन महर्जन, सारङ्गी किरण महर्जन गितार दिपेन महर्जन, ड्रम दिपेश महर्जनको रहेको छ।

नेवारी गीतमा मनोज महर्जन र हसना महर्जन, सुवास महर्जन लगायतको अभिनय रहेको छ भने हिन्दी गीत दिपेश महर्जन र सुस्मिता लामाको अभिनय रहेको छ। दुवै गीतमा निर्देशन उज्ज्वल शर्मा, छांयाकन सम्पादन र कलर साजन घले र मेकअप मितु श्रेष्ठको रहेको छ।

अडियो भिडियो लगायत सबैमा सहयोग गर्ने सम्पुर्ण परिवार, आफन्तजन लगायत म्युजिक सतह, सुजन श्रेष्ठ, एवन महर्जन, राजेश श्रेष्ठ, सुशील माली, सबिन महर्जन, सुमन कुमार श्रेष्ठ, जवन माली,संजयमान महर्जन, द रेन्डर नेपाल ब्याण्ड, सिचु रेष्टुरेण्ट लगायत सम्पुर्ण सहयोगी तथा मिडिया लगायतलाई विशेष धन्यवाद दिएका छन।

Leave A Reply

Your email address will not be published.