सुचना, समाचार र मनोरन्जन

वाडा अटो शो: टिभिएसको नयाँ पावरफुल X Showcased इलेक्ट्रिक स्कुटर सार्वजनिक

पोखरा,

बुधबारदेखि वाडा अटो शो २०२६ का अवसरमा TVS Motor Company ले आफ्नो (X Showcased) नामको नयाँ मोडेल इलेक्ट्रिक स्कुटर iQube सार्वजनिक गरेको छ। पोखरामा अत्यधिक बिक्री हुने यस स्कुटरको नयाँ भेरियन्ट आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

पावरफुल ब्याट्री, स्टाइलिश तथा मस्कुलर डिजाइन रहेको (X Showcased) iQube स्कुटर विशेष गरी युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ। वातावरणमैत्री प्रविधिमा आधारित यो स्कुटरले सहज यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

अटो शोमा आगन्तुकहरूले नयाँ प्रविधि र डिजाइनका सवारी साधनहरू नजिकबाट अवलोकन गर्न पाएका छन्। साथै, विद्युतीय सवारीप्रति बढ्दो आकर्षणले भविष्यमा यस्ता साधनहरूको प्रयोग अझ विस्तार हुने संकेत देखिएको छ।

Leave A Reply

Your email address will not be published.