सुचना, समाचार र मनोरन्जन

छन्त्याल जात चिनाउँदै गायक युवराज छन्त्याल

काठमाडौं :

गायक युवराज छन्त्यालले आफ्नै समुदाय खोज्दै गीत निकालेका छन्। उनले ‘ छन्त्याल परे म त’ बोलको गीत रिलिज गरेका हुन् । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर गायक युवराज आएका छन।

Gokarna Karki

गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर समे तभरेका छन। उनले यस अघि निकालेको गीत ‘बजाउँदै पञ्चे बाजा’ बोलको गीतबाट मौलिक गायकको अवार्ड नै जितेका छन्। उनको अर्को गीत ‘पैसा वाला हेर्छन्’बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो।

यहि गीतमा गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेको छ ।

अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजना छन्त्यालले गीतको भिडियोमा अभिनय गरेका छन्। भिडियोमा सिवन पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको छ । अधिनायक मान सेरचनले सम्पादन गरेको भिडियो महेश महराले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.