सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शिर्ष उपाधि नेपाललाई

काठमाडौंँ :

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शिर्ष उपाधि नेपालले जितेको छ। थाईल्याण्डको राजधानी बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस् हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन्। मिस तर्फको शिर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शिर्ष विजेताले पर्सनालिटी बिधाको अवार्ड समेत हात पार्न सफल रहे।

सौन्दर्य प्रतियोगिता मार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवद्र्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगीताको सातौं संस्करण हो । प्रतियोगीतामा ‘मिसेस हेरिटेज इन्टरेनसनल’तर्फ फिलिपिन्स फस्ट रनरअप, भारत सेकेन्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप बन्दा मिसेस् तर्फ म्यानमार फस्ट रनर अप, युके सेकेन्ड रनर अप, जापान थर्ड रनर अप र पेरु फोर्थ रनर भयो।

IVF Big

ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगीताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले सह–समन्वय दुर्गा बिशुरालद्वारा गरिएको थियो । स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रुपमा सम्लाहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए।

प्रतियोगितामा नेपालकी एलिशा लोलाई टुरिजम एम्बेसडर तथा मिसेस् तर्फकी नेपालकी विभा बस्नेतलाई हेरिटेज एम्बेसडरका रुपमा छनौट गरिएको छ । इभेन्ट एम्बेसडरका रुपमा थाईल्याण्ड र भियतनामकी सुन्दरीहरु चयन भएका थिए।प्रतियोगितामा नेपालका तर्फबाट हेरिटेज जेम्स विधामा सहभागी बालबालिकाले पनि सफलता हात पारे । प्रतियोगितामा प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’को शीर्ष उपाधि जिते भने क्यारिन दोङले ‘हेरिटेज जेम्स वल्र्ड’को ताज हात पारिन्। त्यस्तै निशान उलक ‘हेरिटेज जेम्स अर्थ’ फस्ट रनर अप र नभ्नी उलक ‘हेरिटेज जेम्स एशिया २०२४’मा फस्ट रनर अप’ चयन भए ।

प्रतियोगितामा प्रशंसा बुढाथोकीले हेरिटेज ‘जेम्स युनिभर्स २०२४’को ताज पहिरिन सफल भएकी छिन् । वसन्त लामिछानेले ‘मिष्टर हेरिटेज युनिभर्स २०२४’को उपाधि उचालेका छन् । ‘मनिशा राजवंशीले ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’को ताज हाट पारेकी छन् । सुश्मिता श्रेष्ठले ‘एमएस हेरिटेज इन्टरनेसनल २०२४’को ताज मिस तर्फ सहभागी एलिसा टुरिजम एम्बेसडरका रुपमा उनले ‘वेष्ट स्माइल’ र ‘फोटो जेनिक’ अवार्ड समेत प्राप्त गरिन् । कार्यक्रममा नेपालकै शिशिर लामिछाने ग्राण्ड हेरिटेज रनवेका लागि एम्बेसडर घोषणा गरिएको थियो ।

‘हेरिटेज प्याजेन्टस् २०२४’मा यो पटक नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.