सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कलाकार र निर्देशकको टुङ्गो नलाग्दै ‘भिजिट भिसा’को घोषणा

काठमाडौं :

नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।

पहाडको खोँच, खोँचमा कुहिरो। पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ। दुई पहाडको खोँचमा बस्ती। बस्ती यति पुरानो छ। लाग्छ यो प्राचिन बस्ती हो । बस्तीका घर पुराना भइसकेका छन्।

IVF Big

जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन्। ढुंगाको छानो भएका बाक्लै घर तीनतलेसम्मका र सिँढी देखिन्छ। यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले संकेत गरेको छ। समयले कोल्टो फे¥यो। पहाड र हिमाली क्षेत्रका बस्ती सहरतिर स्थान्तरण भए। छोडिएका बस्ती जीर्ण भए, जुन पोस्टले प्रष्टै देखाएको छ। अस्तिपञ्जरजस्ता देखिने घरले हिमाल र पहाडका बस्ती रित्तिँदै गए। गाउँ सहरतिर सरे। सहर युरोप र अमेरिकातिर सरे। पोस्टरले सहर र विदेश त देखाउँदैन।

तर फिल्मको टाइटल (नाम)ले भने भिजिट भिसामा विदेशिने क्रमले गाउँ नै खाली भएको प्रष्ट देखाउँछ । फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत् दिएको छ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन्। बिराज बिष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ। बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए। यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो। फिल्मका लागि निर्देशक र कलाकारहरू भने तय गरिएको छैन। निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भइरहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.