सुचना, समाचार र मनोरन्जन
Sarangi

‘आँखै रसिलो’गीतको छायांकनसगै ‘यो मन त मेरो नेपाली हो’को सुटिङ्ग सकियो

काठमाडौँ :

लामो समय देखि छायांकन भइरहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण पक्षले सोमबार फिल्ममा समावेश गीत ‘आँखै रसिलो’को छायांकन सकाए लगत्तै सुटिङ सकिएको हो।

आइतबार ‘द भ्वाईस अफ नेपाल’को स्टुडियो र बालाजु ल्याबमा गीतको छायांकन गरेको थियो। निर्मार्ण पक्षका अनुसार यो गीतको छायांकन आज बिहान छायांकन सकिएको हो।

गीतमा संगीत दीपक शर्माको रहेको छ भने शब्द पनि उनकै रहेको छ। गीतमा अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर सुन्न सकिन्छ। कविराज गहतराजले कोरियोग्राफी गरेको यस गीतमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की,नारायण प्रधान,डिआइडीका टप टेन डान्सर नरेश वीर सिंहले नाचेका छन्।

फिल्मको छायांकन नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल र अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको छ। भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहेको छ।

मित्र प्रधान ( नर ) को निर्देशन रहेको यो फिल्ममा ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’,विजय बराल,आयुषा समाल,नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुवास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ। यस फिल्मकाी अभिनेत्री आयुषा समाल मेरो डान्स कप युएसए कि फर्स्ट रनर अप हुन् ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा नेपालीको मुद्धालाई उठान गगरिएको छ। नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई फिल्मले कथामा समावेश गरेको छ। शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
फिल्ममा दिपक शर्माको संगीत,सौरभ लामाको छायांकन,देव महर्जन द्वन्द्व,समिर मियाको भिएफएक्स, ,कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

Leave A Reply

Your email address will not be published.