काठमाडौं :
शिल्पी थियटर, बत्तिसपुतलीमा गत असार २७ देखि साउन १९ सम्म अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को भावानुवाद नेपाली नाटक ‘युगको साँचो’ मञ्चन भैरहेको छ । यो नाटकले नेपालको अवस्था र त्यो समयको पीडालाई ओकल्छ।
कुुनै समय नेपालमा ‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली टायर भएर’ रेडियो र टिभीबाट अत्याधिक बज्ने विज्ञापन हो। अघिल्ला पुस्ताले यो विज्ञापन सुनेपछि गीतकै शैलीमा मेलापात जता पनि गुनगुनाउँथे। सजिलो गीतमार्फत यो उद्योगको चर्चा हुन्थ्यो। अहिले नत यो विज्ञापन नै छ नत उद्योग नै । यस्तै हालत रही रहने हो भने कुनै दिन कुनै पनि नेपाली उत्पादनको विज्ञापन सुन्न पाइने छैन् भन्ने भाव यो नाटकको मुल कथा बुनिएको छ।
राजनीतिक दलको बेला बेलामा यहि कलकारखाना तथा उद्योको विषयमा चर्चा उचालेर दिन कटाइरहेका छन्। इलामको चिया बगान, भृकुटी कागज उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, चोभारको सिमेन्ट कारखाना, हेटौडा कपडा उद्योगजस्ता थुप्रै उद्योगहरु खोई भन्ने प्रश्नले सडकदेखि संसदमा भाषण हुन्छन्। तर नेताहरु खै खै भन्दै आएका छन्। तर यि नेपालमा ब्राण्डहरु देशबाट विस्तापित भइसकेका छन्। अहिले नेपाली युवाहरु निर्यात गरेर स्वदेशमा रेमिट्यान्स साँट्न तछाँड मछाँड छ नेताहरुमा ।
यहि विषयलाई लेखक तथा रंगकर्मी टंक चौलागाईंको परिकल्पना तथा निर्देशनमा नाटक निर्माण गरेका हुन्। यस नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल,उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनित चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवाली लगायतले अभिनय गरिरहेका छन्।
रंगकर्मी पुष्प अवस्तीले नाटक बालबालिका केन्द्रीत र समयसापेक्ष रहेको र नाटकमार्फत नेताहरुलाई देश निर्माणमा अब युवाहरुलाई अघि सार्नु पर्ने सन्देश दिनकै लागि पनि आफू अभिनय गरेको बताए।
निर्देशक चौलागाँईले चीन र भारतबाट सस्तोमा सामानहरू आउँछन्, नेपालले प्रतिस्पर्धा गर्नै सक्दैन भन्ने मानसिकतालाई पन्छाएर उद्योगधन्दा खोल्नुको विकल्प नभएको बताए। उनी यतिबेला नाटकको चर्चामा उत्साहित बनेका छन्।