Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा
- शनिबार आक्रामक ‘ह्रस्व दीर्घ’, शो नथपिएपछि निर्माण टिमको गुनासो
- तीन फिल्म हिट भएपछि ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली,मङ्सिर दोस्रो साताबाट छायांकन
- मोडल बिना राउत, गायक रबिन र संगीतकार पोखरेलको सहकार्यमा‘तिमी हिँड्ने बाटो’
- ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,३० करोड भन्दा माथीको व्यापार
- सविन कुमार तोलाङ्गीको ‘पिरतीले सल्काइदेउ’
- रुकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते
- आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने
- नेपाली क्रिकेट:सम्भावनाको बाटोमा ऐतिहासिक सफलता
- सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम
गायक प्रकाश सपुतले शुभारम्भ गरे जूमको १२ औ शाखा कौशलतारमा
काठमाडौं :
सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२ औं शाखाको गायक प्रकाश सपुतले सुभारम्भ गरेका छन् ।
एकेडेमीकी ब्रान्ड एम्बासेडर नायिका केकी अधिकारीका साथमा गायक एवं नायक सपुतले उक्त शाखाको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै गायक प्रकाश सपुतले जुमले १२ औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर र शशक्त बनाउन योगदान पु-याएको बताए ।
त्यसैगरी नायिका केकी अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हाँसिल गर्दैे १२औं शाखासम्म पुगेकोे बताइन् । कार्यक्रममा जुमकी सीईओ एवं संस्थापक जुनु चक्रधरले जुमको प्रत्येक शाखाको स्थापनासँगै यहाँ कम्तीमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पुरा गरेको बताइन् ।
एकेडेमीले आफ्नो १२ औं शाखा बिस्तार गरिसकुन्जेल यसले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको र कैयौं युवती र महिलालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिला श-शक्तिकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ। जुमले महिला शशक्तिकरणका साथ-साथै उनीहरुले देशभित्रै पाएको रोजगारीले उनीहरुको परिवारलाई पनि सहयोग पु-याएको र महिलालाई आफ्नै देशमा स्वाबलम्बी भएर बाँच्न सिकाएको जुम एकेडेमीका निर्देशक क्रिशप त्वायनाबासुले बताए ।
जुमले हालसम्म कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खु, स्वयम्भूमा पनि शाखा सञ्चालन गरिसकेको छ।