सुचना, समाचार र मनोरन्जन

कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित

पोखरा,

अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आएको छ ।

बाढीले किम्रुङ खोलाको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार र वस्तुस्थिति बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

पोखरा । अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आएको छ । बाढीका कारण किम्रुङ खोलामा रहेको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् ।

किम्रुङ खोलाको पुल बगेपछि खोलापारि रहेको बस्तीसँग सम्पर्क टुटेको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । यस्तै, स्याउली बजार क्षेत्रमा रहेको ७ वटा होटलमा पनि पानी पसेको छ ।

त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको केसीले बताए । यता, मोदी खोलामा पानीको बहाव उच्च भएपछि बिरेठाँटी क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन पालिकाले सूचित गरेको छ । जोखिमयुक्त क्षेत्रहरूमा पालिका र स्थानीय स्तरमै रहेका प्रहरीको समन्वयमा सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले सुनाए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र वस्तुस्थिति बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

यद्यपि, टाढा र अप्ठ्यारो बाटोका कारण टोलीलाई घटनास्थल पुग्न केही समय लाग्ने उनले बताए । अहिलेको अवस्था संवेदनशील रहेकाले स्थानीयवासीलाई सजग रहन उनले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.