सुचना, समाचार र मनोरन्जन

सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।

बा२झ ३८५४ नम्बरको गाडीले चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका भुजेलको उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

गाडी र चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको खड्काले बताउनुभयो । ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को रहेको प्रहरीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.