सुचना, समाचार र मनोरन्जन

सृष्टि श्रेष्ठ अभिनित क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५’को प्रदर्शन मिति घोषणा

काठमाडौं :

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५ डु नट ट्रस्ट एनिवान’ को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

निर्माण टिमले यो फिल्म आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति घोषणा तोकको जनाएको छ। फिलमको पोस्टरमा सिनेमाका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाललाई राखिएको छ। सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेव्यु निर्देशकिय सिनेमा हो।सिनेमामा निर्देशक पाण्डे संगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन्। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.