सुचना, समाचार र मनोरन्जन

स्वरूपराज आचार्यको यस्तो छ ‘तक्दिर’ (भिडियो सहित)

काठमाडौं :

स्वरूप राज आचार्य स्वरमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ।

Chaka Panja

म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ। तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको भिडियोलाई भिमा लोहारले लगानी गरेकी हुन्।

‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतकार लोहारको शब्दमा यसअघि ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’,‘जिन्दगी यस्तै हो’, ‘तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

Leave A Reply

Your email address will not be published.