सुचना, समाचार र मनोरन्जन

सुब्रतको ‘पच्चीस पच्चीस’को कलाकारको लाइनअप पूरा,कहिले जाला सुटिङमा

काठमाडौं :

फिल्म ‘पच्चीस पच्चीस’का कलाकारको लाइनअप पूरा भएको छ। फिल्मका कलाकारको लाइनअप पुरा हुँदा छायांकनमा जाने टुङ्गो छैन। यो फिल्म गत साउनमै निर्माणको घोषणा गरिएको थियो।

Pach Pandav

सुब्रत आचार्यको निर्देशनमा निर्माण हुने यस फिल्ममा अबिषेक खड्का,खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ),सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी,आशिष पुरुष,तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय छ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मले दर्शकलाई हँसाउने निर्माण पक्षको भनाई छ। ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ती’ निर्देशन गरिसकेका सुब्रतको यो तेस्रो निर्देशकिय फिल्म हो। फिल्मको कथा पनि उनकै हो भने कथामा साथ जया आचार्यले दिएकी छन्। यस फिल्मको पटकथा भने सुशील देवकोटाले लेखेका हुन्। हरि हुमागाईंको छायांकन रहेको यस फिल्मका निर्माता कर्ण कार्की हुन्।

Leave A Reply

Your email address will not be published.