सुचना, समाचार र मनोरन्जन

‘नाच रे पतरकी’ सार्वजनिक—भोजपुरी गीतमा शिल्पी राजको आवाजको जादु

काठमाडौं :

सप्तरंगी फिल्म्सले नयाँ भोजपुरी गीत ‘नाच रे पतरकी’ सार्वजनिक गरेको छ। पछिल्लो समय निरन्तर रूपमा म्युजिक भिडियो निर्माण गर्दै आएको उक्त कम्पनीले यो गीत सार्वजनिक गरेको हो।

भोजपुरी गीत ‘नाच रे पतरकी’मा शिल्पी राज र श्याम राउतको स्वर रहेको छ। गीतमा अजित मण्डलको शब्द तथा आर्य शर्माको संगीत रहेको छ। श्याम राउत र नूर आलम बादशाह निर्माता रहेको यस डान्सिङ शैलीको रोमान्टिक गीतको भिडियोमा सदाम हुसेन र रेविका अधिकारीको मुख्य अभिनय रहेको छ।

भिडियोको छायांकन मिलन थापाले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका छन्। कला निर्देशन जटाशंकर गोसाईं, मेकअप प्रिया नगरकोटी तथा निर्देशन सुरेश पाण्डेको रहेको छ।

Leave A Reply

Your email address will not be published.